कुमालको हत्यामा बुहारीसहित ४ जना आरोपी

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ७२ वर्षीय वृद्ध मीनबहादुर कुमालको हत्यामा बुहारीसहित ४ जनामाथि प्रहरीले आरोप लगाएको छ । खाँदबारी–९ तुम्लिङटारमा ७२ वर्षीय वृद्ध कुमालको घरैमा सुतिरहेको अवस्थामा बैशाख १३ गते हत्या भएको थियो ।

प्रहरीले हत्यामा संम्लग्न भएको आरोपमा ४५ वर्षीया बुहारीलाई मात्र सार्वजनिक गरेको हो । मृतककी बुहारीले २० हजार रुपैयाँको प्रलोभन देखाएर मीनबहादुरकी बुहारीले हत्या गर्न लगाएको अनुसन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले बताए ।

मीनबहादुरको हत्यामा संम्लग्न नातिनी सहित अन्य दुई नावालकलाई नियन्त्रणमा लिएको डिएसपी बस्नेतले बताए । हत्यामा तीनजना नाबालक संम्लग्न भएकाले शुक्रबार पत्रकार सम्मेलन गरेर ४५ वर्षीया बुहारीलाई मात्र सार्वजनिक गरेको हो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १३ वर्षिया नातिनी र १७ वर्षका दुई युवकलाई गरेको हो ।

पक्राउ परेका दुबैजना युवक मजदुर हुन् । पक्राउ परेका एक युवक नातिनीका साथी भएको अन्ुसन्धानबाट खुलेको छ । हत्यापछि २० हजार लिन दिने सहमति भएपनि उक्त रकम प्राप्त गरिनसेको प्रहरीले जनाएको छ । ती दुई युवकले मदिरा सेवन गरे वृद्ध सुतेको अवस्थामा हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका नातिनी र बुहारीको योजनामा घाँटी थिचेर हत्या गरेको उनीहरुले प्रहरीलाई बयान दिएका छन् । उनीहरुलाई पक्राउ गर्न प्रहरीले धरानबाट अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुर समेत ल्याएको थियो । पक्राउ परेका चारैजनालाई जिल्ला अदालत संखुवासभामा म्याद थपेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकका दुई छोरा वैदेशिक रोजगारका लागि विदेश गएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमालले गरे धनगढीकाे मेयरमा उम्मेदवारी दर्ता