गुल्मी महोत्सवमा कृषि उपज

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा संचालन भइरहेको दोस्रो गुल्मी महोत्सवमा बिक्री तथा पर्दशनीको लागि घरेलु उत्पादनअन्तरगत कृषि उपज पनि राखिएको छ । गुल्मी चेम्बर अफ कमर्शद्वारा आयोजित दोस्रो गुल्मी महोत्सवको स्टल नम्बर ८ मा कृषि उपजहरु बिक्री वितरणको लागि राखिएको हो ।

रेसुङ्गा नगरपालिका–०६ निवासी प्रेम नेपालीले मौसमी तथा बेमौसमी तरकारी र तरकारीका बिरुवाहरु अवलोकन र बिक्री वितरणका लागि राखेका हुन् । उनले रेसुङ्गा नगरापलिका–६ र धुर्कोट गाउँपालिका–४ मा व्यवसायिक कृषि खेती गर्दै आएका छन् । आफ्नो आरएनपी नवोदय बहुउदेश्यीय कृषि फर्ममा उत्पादन भएका कृषि उपजहरु महोत्सवमा बिक्री गरेका हुन् । स्टलमा अहिले बेमौसमी फूलको बिरुवा, गोलो लौका, टिमुर, कुरिलो, तिते करेला, ब्रोकाउली, जिरी साग लगायतका तरकारी तथा बिरुवाहरु बिक्री तथा पर्दशनीमा राखिएका छन् । ‘स्टलले गर्दा महोत्सवमा आएका कलाकार हेर्ने त फुर्सदै हुदँैन ।’ नेपालीले भने, ‘मलाई बिरुवा बिक्री गर्न भ्याई–नभ्याई छ ।’ सलादको रुपमा र ब्रगरमा सजाएर राख्न प्रयोग गरिने जिसी साग भारतमा दुई हजार पाँच सय पर्ने नेपालीले बताए ।

मेला संचालन भएको वैशाख ५ गतेदेखि १४ औँ दिन अर्थात १८ गतेसम्म उहाँको स्टलबाट ३० भन्दा बढी प्रकारका तरकारी तथा फलफूलजन्य बिरुवाहरु बिक्री भइरहेका छन् । ‘धेरैजसोले किनेरै लैजानुभएको छ, कतिपयले नयाँ प्रजातीका बिरुवा देखेर सोध्नुहुन्छ ।’ उनले भने, ‘महोत्सवमा आएका अधिकाशंले मेरो कर्म अवलोकन गरेकोमा पनि खुसि लागेको छ ।’ अहिले टिमुर र धुपिको बिरुवा एक सय र अन्य तरकारीका बिरुवाहरु प्रति बिरुवा ५० रुपँैयामा बिक्री भइरहेका छन् । अब बर्षायाम सुरु हुने बेला भएकोले धेरैले बिरुवा खरिद गरेको नेपाली बताउछन् ।

१० बर्षदेखि कृषि कर्ममा प्रेम
नेपाली १० बर्षदेखि व्यवसायीक कृषि खेतीमा सक्रिय छन् । व्यवसायीक खेतीको लागि उनले एक सय २० रोपनी जग्गा भाडामा लिएका छन् । उनले ८५ रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी, पशुपालन, खाद्यान्न, माछापालन, स्ट्रबेरी, फुलखेती लगायतका क्रियाकलाप गर्दै आएका छन् । भने बाँकी ३५ रोपनी क्षेत्रफलमा घाँस खेती गरिरहेका छन् । उनले सुरुमा गाउँमै फर्निचर व्यवसाय गरेका थिए । तर फर्निचरबाट राम्रो आम्दानी हुन नसकेपछि सुरु गरेको कृषि पेशाबाट उनी सन्तुष्ट छन् । ‘दैनिक क्विन्टलको सेरोफेरोमा ब्रोकाउली बिक्री भइरहेको छ ।’ उनले भने, ‘गाउँमै बसेर बार्षिक ३६ लाखको कारोबार गर्छु ।’

सबै खर्च कटाउँदा पनि बार्षिक १६ लाख बचत हुने उनी बताउछन् । उनका उत्पादन स्थानीय बजारका साथै तम्घास र बुटबलसम्म पुग्ने गर्दछन् । अहिले स्टलले गर्दा उनको व्यापारलाई झनै सहज भएको छ । गुल्मी चेम्बर अफ कमर्शले उहाँलाई निशुल्क स्टल उपलब्ध गराएको छ । अन्य व्यापारीले २७ हजार बुझाउने स्टल निःशुल्क पाउँदा नेपाली पनि खुसि छन् ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बराहपोखरी गाउँपालिकामा गठबन्धनबाट उठेका कांग्रेसका बञ्जरा बिजयी