यो वर्ष सरदरभन्दा बढी मनसुनी प्रक्षेपण

काठमाडौं । नेपालमा यो वर्ष सरदरभन्दा बढी वर्षा हुने भएको छ । अबको डेढ महिनाबाट सुरु हुने मनसुनी वर्षा यो वर्ष दक्षिण एसियाका अधिकांश भागमा औसतभन्दा बढी हुने प्रक्षेपण साउथ एसियन क्लाइमेट आउटलुक फोरमले गरेको हो ।

अप्रिल अन्तिम साता भारत पुणेमा सम्पन्न विभिन्न देशका मौसमविद् सहभागी सत्रले दक्षिण एसियाका उत्तरी, दक्षिणी, पूर्वी र उत्तरपूर्वी भागका केही भागमा भने औसत वा त्यसभन्दा केही कम वर्षा हुनसक्ने आ“कलन गरेको थियो । भारत पुणेमा २८ देखि ३० अप्रिलसम्म सास्कोफको ३१औं बैठक भएको थियो ।

सास्कोफमा दक्षिण एसियाका नौ देश नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानिस्तान, म्यानमारका मौसमविद् र अन्तर्राष्ट्रिय विज्ञ सहभागी थिए । सास्कोफका अनुसार हालको अवस्थामा एल निनो–दक्षिणी दोलन (एन्सो) र हिन्द महासागर द्विध्रुवीयता (इन्डियन ओसन डाइफल–आईओडी) दुवै तटस्थ अवस्थामा छन् । मनसुन अवधिमा यी जलवायु सूचक तटस्थ अवस्थामै रहने सम्भावना छ ।

गत वर्षको १२५ दिन लामो मनसुनमा नेपालमा १२२ प्रतिशत अर्थात् १६७०.७ मिलिलिटर वर्षा भएको थियो । त्यो सामान्य अवस्थाको मनसुनभन्दा १३ दिनले बढी थियो

गत वर्षको १२५ दिन लामो मनसुनमा नेपालमा १२२ प्रतिशत अर्थात् १६७०.७ मिलिलिटर वर्षा भएको थियो। त्यो सामान्य अवस्थाको मनसुनभन्दा १३ दिनले बढी थियो । राष्ट्रसंघीय मौसम निकाय डब्ल्यूएमओले विगत पाँच वर्षयता विश्वव्यापी रूपमा मौसम पूर्वानुमान गर्ने निकायका विवरणलाई क्षेत्रीय रूपमा विश्लेषण र विभाजन गद सार्वजनिक गर्ने नीतिअन्तर्गत यस्ता प्रक्षेपण हुने गरेका छन् ।

एल निन्यो कि ला निन्या !
मौसमविद्का अनुसार दक्षिण एसियामा मनसुनलाई मुख्यतया असर गर्ने प्रणाली प्रशान्त महासागरमा देखिने एल निन्यो र ला निन्या हो । हाल प्रशान्त महासागरमा तटस्थ खालको एल निन्यो सदर्न असिलेसन (ईएनएसओ) को अवस्था व्याप्त छ । विश्वव्यापी जलवायु मोडल पूर्वानुमानको आधारमा मनसुनका बेला भूमध्यरेखीय प्रशान्त क्षेत्रमा प्रचलित यस्तो तटस्थ अवस्था नै रहिरहने सम्भावना रहेकोमा विज्ञबीच बलियो सहमति रहेको सो फोरमले जनाएको छ ।

समुद्री पानी सामान्यभन्दा बढी तात्ने अवस्थालाई एल निन्यो भनिन्छ भने समुद्री पानी औसतभन्दा चिसो हुने अवस्थालाई ला निन्या भनिन्छ । एल निन्योका बेला दक्षिण एसियाली देशहरूमा कम र ला निन्याका बेला बढी वर्षा हुने गरेको मौसमविद्हरू बताउँछन् । अघिल्लो वर्ष ला निन्या हुन्छ भन्ने अनुमान गरेको भए तापनि त्यो तटस्थ नै अवस्थामा बसेको थियो । तर त्यस अवस्थामा पनि नेपालमा सरदरभन्दा बढ्ता नै वर्षा भएको थियो ।

त्यसैले विगत चार–पाँच दशकको अनुभवका आधारमा तटस्थ नै हुने अवस्थाबीच कि सरदर वा सरदरभन्दा बढी वर्षा हुने प्रवृत्तिलाई पछ्याएर सो प्रक्षेपण गरिएको बताइएको छ । दक्षिण एसियाको समग्र प्रक्षेपण गर्दा विभिन्न तीनवटा कारणलाई आधार मानिने भए तापनि नेपालको मनसुनी वर्षाका लागि एल निन्यो र ला निन्या अवस्थाको प्रभाव सबैभन्दा उच्च हुने मौसमविद्हरू बताउँछन् ।

तापक्रम पनि सरदरभन्दा वृद्धि हुने
यस वर्ष नेपालसहित दक्षिण एसियामा सरदरभन्दा बढी वर्षा, न्यूनतम तापक्रम र अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको सास्कोफको प्रतिवेदनमा उल्लेख छ । दक्षिण एसियाका अधिकांश भागहरूमा क्षेत्रको दक्षिण–पूर्वी भागका केही भागहरू बाहेक जहाँ सामान्य न्यूनतम तापक्रम सबैभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । त्यसैले यस वर्षको मनसुनमा पनि नेपालमा बाढी, पहिरो, डुबान र कटान जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्ने जोखिम भएकाले पूर्वतयारीका काम थाल्न विज्ञ सुझाव दिन्छन् ।

विशेषगरी पहाडी तथा हिमाली जिल्लामा तीव्र वर्षाले पहिरो जाने, सडक अवरुद्ध हुने र मानवीय क्षति निम्त्याउने जोखिम उच्च हुन्छ । तराई मधेशका क्षेत्रमा नदीमा बहाव बढेर डुबान र कटानको अवस्था सिर्जना हुन सक्ने देखिएको छ । त्यसैले त्यस्ता प्राकृतिक प्रकोपबाट जोगिन पूर्वतयारी आवश्यक छ । विज्ञका अनुसार वर्षा र तापक्रमको असमान वितरणले पानीको स्रोत, कृषियोग्य जमिन, बाली चक्र, तथा मानव स्वास्थ्यमा प्रभाव पार्दछ । यस्तो अवस्थामा बाढी पूर्वानुमान प्रणाली, विपद् व्यवस्थापन योजना, बालीको विविधीकरण र मौसमअनुकूल बीउ तथा प्रविधिको प्रयोगमार्फत स्थानीय स्तरमा तयारी आवश्यक भएको मौसमविद्को सुझाव छ ।

तपाइको प्रतिक्रिया
(Visited 421 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाध्यक्षका उम्मेदवार चौधरीको निधन