काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम’bout प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसले असन्तुष्टि पोखेको छ । नीति तथा कार्यक्रम’bout कांग्रेस नेताहरूले असन्तुष्टि पोखे पनि रचनात्मक र सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ ।
कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले)को शनिबार छुट्टाछुट्टै संसद्ीय दलको बैठकमा सरकारको नीति तथा कार्यक्रम’bout छलफल भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा कांग्रेसको र प्रधानमन्त्री निवास बालुवाटारमा एमाले संसदीय दलको बैठकमा विस्तृत छलफल भएको छ ।
अन्य राजनीतिक दलसमेत त्यस’bout छलफल जारी राखेका छन् । कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेसले राष्ट्रिय आवश्यकता झल्कने बुँदाहरू भएकाले समर्थन गर्ने निष्कर्ष वैठकले निकालेको बताए ।
घिमिरेका अनुसार नीति तथा कार्यक्रम कार्यान्वयनमुखी बनाउन आगामी बजेट तर्जुमा त्यसअनुकूल हुनुपर्ने कांग्रेसको धारणा छ । साथै, संसद् ्मा विधेयक निर्माण प्रक्रिया सुस्त भएको भन्दै कांग्रेसले त्यसलाई तीव्र बनाउन सक्रिय भूमिका खेल्ने निष्कर्ष पनि बैठकले निकालेको छ । कांग्रेसले रचनात्मक एवं सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरे पनि कांग्रेसभित्रै असन्तुष्टि बढ्दो छ ।
कांग्रेसका सहमहामन्त्री जीवन परियारले गठबन्धन सरकारको नीति तथा कार्यक्रम एमालेमय भएको टिप्पणी गरेका छन् । कांग्रेस–एमाले गठबन्धनको सरकार भए पनि नीति तथा कार्यक्रममा एमालेको नारा बोकेर कांग्रेसले अघि सारेका परियोजना छाडेको भन्दै उनले आपत्ति जनाए ।
‘समृद्ध नेपाल, सुखी नेपाली भन्ने एमालेको नारा बोकियो, नीति तथा कार्यक्रममा बोलियो,’ सहमहामन्त्री परियारको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले भने, ‘कांग्रेसले प्रस्ताव गरेका, अघि सारेका परियोजना छाडिएको छ । नीति तथा कार्यक्रम एमालेको भयो । राष्ट्रपति हाम्रो भएकाले कतिपय राष्ट्रपतिसँग जोडिएका कार्यक्रम हटाइएको छ ।’ सहमहामन्त्री परियारले एमालेका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले कांग्रेसलाई बेवास्ता गरेको पनि आरोप लगाए ।
‘राजनीतिक नियुक्तिमा पार्टीलाई धेरै अप्ठेरो पारेको छ । सरकारका सबै मन्त्रीहरू राखेर बैठक राख्नु पर्छ । एमालेका मन्त्रीहरूसँग समन्वय छैन । उहाँहरूले कांग्रेसलाई कम्पिलिट्ली इग्नोर गर्नु भएको छ,’ परियारले गुनासो पोखेका छन् । कांग्रेसका नेता अर्ज ुननसिंह केसीले नीति तथा कार्यक्रम दुई दलबीच भएको सात बुँदे सहमतिअनुसार नआएको प्रतिक्रिया दिए ।
‘धेरै ठाउँमा गरिनेछ, दिइनेछ भनिएको छ । तर निश्चित प्रतिवाद्धतासहित यो समयभित्र हामी सक्छौं भन्ने प्रतिबद्धतामा कमी पाएँ । सहमति अनुसार अहिलेसम्म जे भयो भयो, अब यसरी जान्छौं भन्ने कुरा छैन । संविधान संशोधन’bout पहिलाजस्तै सहमतिमा गरिने भनिएको छ । तर, ठोस प्रतिबद्धता छैन,’ केसीले भने ।
उता, एमालेको बसेको संसदीय दलको बैठकमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद््मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम देशमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि सही ढङ्गले आएको दाबी गर्दै ढुक्क भएर दृढतापूर्वक समर्थन गर्न सांसद्हरूलाई निर्देशन दिएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार, राजनीतिक स्थायित्वसाथ सुशासन कायम गरी अर्थतन्त्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको बताए ।
कांग्रेस नेता तथा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएको नीति तथा कार्यक्रम राजनीतिक आर्थिक सामाजिक गतिविधि बढाउने गरी आएको दावी गरे । अहिलेको सरकार ठूलो संघर्ष र बलिदानीबाट जारी संविधान कार्यान्वयन तथा नागरिकको अपेक्षा पूरा गर्ने गरी नीति तथा कार्यक्रम आएको उनले बताए ।
एमाले नेता आनन्दप्रसाद पोखरेलले समग्र अर्थतन्त्र सुधार गर्नेगरि र कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमतिको प्रकाशमा यो वर्षको नीति तथा कार्यक्रम आएको भन्दै स्वागत गर्नुपर्ने जनाए । ‘नीति तथा कार्यक्रम मूलतः नेपालको संविधान र यो सरकार बन्दाखेरि ७ बुँदे सहमतिको प्रकाशमा, अनि राष्ट्रिय योजना आयोगको १५औं योजनाको निर्देनशमा तयार भएको छ ।
आधारभूतमा यो नीति तथा कार्यक्रम वस्तुवादी भएकोले यसमा शंका गर्न जरूरी छैन,’ उनले भने । नीति तथा कार्यक्रममा संविधान संशोधन विषय समेटिएको उल्लेख गर्दै विरोधका लागि विरोधमात्रै नगर्न विपक्षीलाई सुझाव दिए । ‘सरकारले सम्वाद, सहकार्य र सयोजनाको साथ अघि बढ्छौं भनेको छ । शिक्षा क्षेत्रमा पनि सुधारको घोषणा गरिएको छ,’ उनले भने, ‘सहकारीको विषयमा पनि राम्रो नीति लिएको छ । सहकारीको सवालमा प्राधिकरण गठनदेखि साना वचतकर्ताको वचत फिर्ता गर्ने कुरा गरेको छ ।’
कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको जनाए । परम्परागतभन्दा एक कदम अगाडि बढ्नुपर्ने भए पनि त्यसो हुन नसकेको टिप्पणी उनले गरे । उनले नीति तथा कार्यक्रम मूलभूत रूपमा कार्यान्वयनमा निर्भर रहने र बजेटले दिएको कार्यदिशाअनुसार कार्यान्वयन हुने बताए ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी र गत वर्षकै कार्यक्रमको निरन्तरताको संज्ञा दिए । साहले यसले देशलाई निकास दिन नसक्नेमात्रै नभएर ‘क्यान्सरको रोगाीलाई टिबीको औषधि’को संज्ञा दिए ।