ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिएका छन ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालमा नवनियुक्त राज्य मन्त्री गर्बुजालाइ प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।

गत बैशाख १७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरिएकाे थियाे, जसको ५ दिन पछि आज पद तथा गोपनीयताको सपथ भएकाे हाे । गत १९ बैशाखमा पद तथा गाेपनियताकाे सपथ हुने भनिए पनि अन्तिम समयमा स्थगित भएकाे थियाे । जाे अाज भएकाे हाे ।

गत वैशाख १० मा प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्य मन्त्री कान्छाराम तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए । उनी बर्खास्तीमा परे पछि रिक्त रहेको पदमा नेपाली कांग्रेसका सिफारिसमा गर्बुजा नियुक्त भएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीमा चार स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी