घरको छतबाट लडेर प्रहरीका असईको मृत्यु

इटहरी । इटहरी–२० तरहरामा घरको छतमा पानी हाल्नेक्रममा लडेर एक पुरुषको मृत्यु भएको छ । आइतबार बिहान करिब साढे ७ बजेतिर पुष्पलाल टोलस्थित निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा लडेर नेपाल प्रहरीका बहालवाला प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार निर्माणाधीन दुईतले घरमा पानी लगाउने क्रममा चिप्लिएर लड्दा तरहरा घर भई धनकुटामा कार्यरत ४५ वर्षीय असई प्रेम कटवालको मृत्यु भएको हो । अन्दाजी ४५ वर्षीय कटवाल पानी हाल्ने क्रममा घरको छतबाट लडेका थिए ।

घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रहरीले तत्कालै अस्पताल लगे पनि चिकित्सकले मृत घोषित गरेका थिए । कटवालका श्रीमती र दुई छोरी रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा