इटहरीमा डरलाग्दो ग्याङ फाइट

इटहरी । इटहरी–२० तरहरामा आइतबार बिहान करिब १० बजेतिर ग्याङ फाइट भएको छ । सो घटनामा एक युवकको घाँटीमा धारिलो हतियार प्रहार भएको छ भने अर्का युवकको टाउकामा चोट लागेको छ ।

स्थानीय आकाश गिरीलाई इटहरी–२० तरहरास्थित धनपुरी मार्ग बस्ने सुशानजंग घिमिरेको समूहले तरकारी किन्नका लागि पसल गएका बेला आक्रमण गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार झगडामा दुई जना घाइते भएका छन् । इटहरी–२ घर भएका २५ वर्षीय पारस भनिने किरण राईको घाँटीमा चोट लागेको डीएसपी भण्डारीले जानकारी दिए । उनको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यसैगरी, इटहरी–२० तरहरा घर भएका अन्दाजी ४० वर्षीय वीरेन (बाबु) बुढाथोकीको टाउकामा चोट लागेको छ । उनको इटहरीमा सामान्य उपचारपछि थप उपचारका लागि आफन्तको जिम्मामा विराटनगर पठाइएको डीएसपी भण्डारीले जानकारी दिए । यद्यपि, दुवै घाइतेलाई प्रहरीले निगरानीमा राखेको छ ।

घटनामा इटहरी–२० बस्ने १९ वर्षीय सुशानजंग घिमिरे, इटहरी–२ बस्ने २३ वर्षीय अरुण राई, इटहरी–२ बस्ने नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘पुरानो रिसइबीका कारण दुई समूहबीच झडप भएको देखिन्छ,’ डीएसपी भण्डारीले भने, ‘दुवै घाइतेमाथि डिटेलमा बुझ्न नपाएका कारण र थप अनुसन्धान भइनसकेकाले ठ्याक्कै के कारण घटना भएको हो भन्न सकिन्न ।’ उनका अनुसार घाइतेको उपचारपछि उनीहरूमाथि र पक्राउ परेका दुवै समूहका व्यक्तिहरूमाथि अनुसन्धान भइसकेपछि थप विवरण खुल्नेछ ।

खासगरी बुढाथोकीले तरहरामा कवाडी पसल सञ्चालन गर्दै आएका थिए । सो पसलमा आकाश गिरीले काम गर्दै आएका थिए । आइतबार बिहान सुरुमा घिमिरेको समूहले गिरीमाथि प्रहार गरेको थियो ।

त्यसपछि दुई समूहबीच झडप भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सो घटना योजनाबद्ध किसिमले भएको र मुख्य योजनाकार घिमिरे रहेको प्रहरीको निष्कर्ष छ । उनको समूहमा अरू मानिस पनि रहेकाले खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । घटनापछि गिरी भने फरार छन् । उनको खोजी कार्य भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 342 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लालबन्दीको मेयर उपमेयर दुबै पदमा काँग्रेस उम्मेदवार विजयी