आईजीपी अर्यालद्वारा हिमाल आरोही जंगमलाई सम्मान

काठमाडौं । ६ हजार १ सय मिटर उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरी जवान विजय जंंगमलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आइतबार प्रधान कार्यालयमा जवान जंगमलाई सम्मान तथा बधाई दिएका हुन् । कार्यक्रममा बोल्दै अर्यालले सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगमा खोज तथा उद्धार गर्नसक्ने जनशक्तिको विकासमा तथा उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिँदै आइरहेको र मनाङ जिल्लामा रहेको पर्वतीय उद्धार तालिम शिक्षालयमा समेत हिमाली खोज तथा उद्धार गर्नसक्ने जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन गरिरहेको बताए ।

सशस्त्र प्रहरी जवान जंगमले १४ वैशाख बिहान ७ बजेर १२ मिनेटको समयमा लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराएका थिए । उनी लोबुचे हिमाल आरोहणका लागि यही २ वैशाखमा त्यसतर्फ प्रस्थान गरेका थिए ।

यससँगै जंगम सशस्त्र प्रहरी बल नेपालमा हिमाल आरोहण गर्ने दोस्रो व्यक्ति भएका छन् । यसअघि सशस्त्र प्रहरी निरीक्षक सुरज पौडलले सगरमाथा आरोहण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीमा एमालेको विरासत तोड्ने योजनामा कांग्रेस, एमाले भन्छ : हामी जित्छौँ