वैशाखभित्र नतिजा प्रकाशित गर्न पोखरा महानगरपालिकाको निर्देशन

पोखरा । पोखरा महानगरपालिकाले नगरका सबै विद्यालयलाई वैशाखभित्रै वार्षिक परीक्षाको नतिजा प्रकाशनका लागि निर्देशन दिएको छ ।

गत वर्षको वार्षिक परीक्षाको नतिजा प्रकाशन नहुँदा विद्यार्थी र तिनका अभिभावकलाई अन्यौलता सिर्जना भएको भन्दै महानगर शिक्षा महाशाखाले एक सूचना जारी गर्दै वैशाखभित्रै नतिजा प्रकाशनका लागि निर्देशन दिएको हो ।

महाशाखा प्रमुख गंगाबहादुर गुरुङले लकडाउनले अन्य क्षेत्र झैं शैक्षिक क्षेत्र पनि नराम्ररी प्रभावित बनेको उल्लेख गर्दै हाललाई वार्षिक परीक्षाफल प्रकाशन गरी पुरानै पाठ्यक्रम आधारमा विद्यार्थीलाई स्वअध्ययन जारी राख्ने पनि आग्रह गरिएको बताए ।

त्यसो त केही विद्यालयले भने परीक्षाफल प्रकाशन गरेर विद्यार्थीलाई अनलाइन कक्षामा सामेल गराउँदै आएका छन् । तर महानगरले यसअघि अनलाइनका नाममा विकृति फैलिएको भन्दै अनलाइन कक्षा संचालनमा रोक लगाउने निर्णय गरेको थियो ।

विद्यार्थी भर्ना प्रक्रिया भने संघीय सरकारको निर्णयअनुरुप अघि बढ्न सकिने महानगरले जनाएको छ । यसअघि २५ वैशाखपछि लकडाउन खुलेको अवस्थामा भर्ना लिने तयारी गरिएकोमा पुनः ५ जेठसम्म लकडाउन थप भएपछि अन्यौलता बढेको हो ।

नगरभित्र हाल २ सय ७ वटा सामुदायिक र १सय ७९ वटा निजी विद्यालय संचालित छन् । जसमा १ लाखभन्दा बढी विद्यार्थी पढ्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
समाजवादीले टुंगो लगायो उम्मेदवार