भारतको सिक्किम र सिलिगुडीमा जारको प्रिमियर

काठमाडौं । यही शुक्रवारबाट नेपाल र भारतमा रिलिज गरिने नेपाली चलचित्र ‘जार’को भारतमा दुई सहरमा प्रिमियर गरिएको छ । शनिवार बेलुका पश्चिम बंगालको सिलिगुडी स्थित सिटी पिभिआर आइनेक्स चलचित्र घरमा जारको प्रिमियर गरिएको निर्माण पक्षले जनाएको छ ।

भारतमा दुई ठाउँमा प्रिमियर गरेर आइतबार काठमाडौँ फर्किएको जारको युनिटले काठमाडौँमा भने मंगलबार प्रिमियर गर्ने जानकारी गराएको छ । जारकी संगीतकार, गायिका एवम् निर्माण टिमकी सदस्य झुमा लिम्बुले सिक्किम र सिलिगुडी प्रिमियरमा चलचित्रले राम्रो प्रशंसा पाएको राजधानीलाई बताइन् । भारतमा नेपाली चलचित्रको प्रिमियर बिरलै हुने गरेकोमा यस पटक त्यहाँका दर्शकको माग अनुसार दुई ठाउँमा यसको प्रिमियर गरिएको पनि झुमाले जनाइन् ।

‘हिजो बेलुका सिलिगुडीबासी नेपाली भाषी तथा डुवर्सका नेपाली भाषीहरूले निर्माण टिम र कलाकारहरूसँगै जार हेरेर त्यहाँको पुरानो नेपाली समाजलाई पर्दामा दुरुस्त देख्न पाएको बताए । यस्तै दुई दिन अघि हामीले सिक्किममा गरेको यो चलचित्रको प्रिमियरमा पनि त्यहाँका दर्शकहरूले निकै राम्रो प्रतिक्रिया दिएका थिए’, गायिका लिम्बुले आइतबार राजधानीसँग भनिन् ।

सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय अभिनेत्री गीताञ्जली थापाको मुख्य भूमिका रहेको जारको प्रिमियरमा अभिनेता अनुपविक्रम शाही उपस्थित थिए । सिलिगुडीमा अभिनेता शाहीसहित चलचित्रका कलाकार र निर्माण टिमलाई स्वागत सत्कार गरेर प्रिमियर सोसम्म पु¥याईएको पनि लिम्बुले बताइन् ।

कथाकार इन्द्रबहादुर राईले दुई सय वर्ष अघिको परिवेशलाई समेटेर लेखेको जार कथालाई चलचित्र जारमा उतारिएको हो । सिक्किम, दार्जिलिङ, आसामको परिवेशमा निर्माण भएकाले पनि यो चलचित्रलाई सिक्किम र सिलिगुडीमा प्रिमियर गरिएको झुमाले जानकारी गराइन् । यो चलचित्रलाई शुक्रवारबाट ती सहरहरूका पनि प्रदर्शन समेत गरिँदै छ ।

यो चलचित्रलाई फुर्वाछिरिङ लामाको निर्देशन गरेका हुन् । जसमा सरवानन इलावार्सुको छायांकन रहेको छ । यो चलचित्रका कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा हुन भने यसमा सम्पादन अखिलेश राईको रहेको छ । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा यो चलचित्र तयार भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रिब्दीकोटमा गठबन्धनका उम्मेदवार विजयी