भूगर्भ विज्ञको टोलीद्वारा गाडी भासिएर हराएको घटनाको अध्ययन सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ गैरीगाउँमा गाडी भासिएर हराएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली मंगलबार हेटौंडा आएको छ । उक्त टोलीले घटनास्थलमा औपचारिक रूपमा अध्ययन सुरु गरेको छ । टोलीले उक्त स्थानको भूगर्भीय बनावट, माटोको तह, भूमिगत जलस्रोत तथा चुम्बकीय क्षेत्रको अध्ययन गर्ने भूगर्भविद् नारायण अधिकारीले बताए ।

साथै, प्रोटोन म्याग्नेटो मिटर प्रयोग गरी उक्त स्थानको चुम्बकीय क्षेत्र तथा त्यसमा रहेका एनोमेलिक पदार्थको अवस्था’bout अध्ययन गरिने छ ।

शुक्रबार गैरीगाउँको भित्री सडकमा रोकिराखिएको ना ४ च ४८३३ नम्बरको सिंगल क्याप बलेरो गाडी जमिन भासिएर अचानक बेपत्ता भएको थियो। गाडीमा घाँस काट्ने मेसिन लोड गरिएको थियो ।

प्रारम्भिक रूपमा अगाडिको पाङ्ग्रा भासिएपछि गाडीलाई निकाल्ने प्रयास भइरहँदा जमिन नै भासिएर गाडी हराएको थियो । लगातार तीन दिन खोजी गर्दा पनि गाडीको अवस्था पत्ता नलागेपछि हेटौंडा उपमहानगरपालिकाले भूगर्भविद्हरूलाई बोलाई अध्ययन गर्न पत्राचार गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन र एमालेले इटहरी–धरानमा ग-यो उमेद्वारी दर्ता