एमाले धनुषा अधिवेशनमा कुटाकुट

जनकपुर । नेकपा एमाले धनुषाको ८ औँ अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको छ । विधान विपरीत उम्मेदवारी परेको विषयमा विवाद भएपछि दुई समूहबीच कुटाकुट भएको हो । कुटाकुटको क्रममा कुर्सी हानाहान समेत भयो ।

त्यसपछि दुवै समूह प्रदर्शनमा उत्रेपछि अवस्था तनावग्रस्त बनेको छ । अवस्था तनावग्रस्त भएपछि अधिवेशन स्थल जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको छ ।

मधेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र सञ्जीव झा ‘सुरज’ समूहले विधान विपरीत परेको उम्मेदवारी खारेज गर्नुपर्ने भन्दै निर्वाचन समितिमा उजुरी दिएको थियो । तर एमाले सचिव रघुवीर समूहले खारेज गर्न नहुने अडान लिएका छन् ।

अहिले निधि भवनको सभा हलमा मण्डल, अरगरिया र झा समूहका अधिवेशन प्रतिनिधिहरू धर्ना बसेका छन् । धाँधलीरहित निष्पक्ष र शान्तिपूर्ण ढंगले निर्वाचन हुनुपर्ने अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादवले बताएका छन् ।

निधि भवन बाहिर भने रघुवीर समूहका अधिवेशन प्रतिनिधिहरू प्रदर्शन गरिरहेका छन् । एक नेताका अनुसार अहिले दुवै पक्षका नेताहरू आपसमा बसेर विवाद समाधान गर्ने वातावरण बनेको छ । सम्भवतः आज मतदान स्थगित हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडाैंमा यसरी हुँदैछ मतदान स्थल तयारी (फाेटाेफिचर)