नेकपाका सांसदलाई प्रधानमन्त्रीको पत्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संसद्को छैटौं अधिवेशन सफल पार्न आफ्ना सबै सांसदलाई पत्रमार्फत निर्देशन दिएका छन् । उनले नेकपाका सबै सांसदलाई पत्र लेख्दै संसद् बैठकमा सक्रिय, समझदारीपूर्ण र एकताबद्ध प्रयाससहित अघि बढ्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बस्न नसकेपछि लिखित पत्रमार्फत सांसदलाई यस्तो निर्देशन दिएका हुन् । नेकपा सांसदलाई दिइएको निर्देशनमा संसद् बैठकमा पार्टीको एकता र विषयगत एकरूपता स्पष्ट रूपमा देखिनुपर्ने भनिएको छ ।

‘संसद्का दुवै सदनका बैठक छोटो, छरितो र मर्यादित एवं विषय केन्द्रित हुनुपर्ने र संसद्मा हाम्रो दलको एकता र विषयगत एकरूपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरूले बुझनुभएको छ,’ प्रधानमन्त्री ओलीले लेखेको पत्रमा उल्लेख छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण भिन्न र असहज परिस्थिति निर्माण भएकाले संसदीय दलको बैठक बस्न नसकेको उनले पत्रमा स्पष्ट पारेका छन् । विगतमा संसद्को अधिवेशन सुरु हुनुअघि संसदीय दलको बैठक बस्दै आएको थियो ।

‘समाजिक दूरी कायमलगायत स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य संगठन, हाम्रो स्वास्थ्य मन्त्रालय र चिकित्सकका मापदण्ड पालना गर्नुपर्ने भएको र तदनुसार सिट व्यवस्थापनलगायत आवश्यक व्यवस्था गर्ने गरी संसदीय दलको बैठक बस्न स्थान उपलब्ध हुन सक्ने अवस्था नरहेकाले संसदीय दलको बैठक बस्न सकिएन,’ पत्रमा लेखिएको छ ।

दुई अध्यक्षबीच बजेट’bout छलफल
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न दाहाल प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । सरकारले ल्याउने नीति तथा कार्यक्रम, बजेटलगायतका विषयमा अध्यक्षद्वयबीच छलफल भएको छ ।

बालुवाटार स्रोतका अनुसार बजेट अधिवेशनका साथै पार्टीको स्थायी कमिटी बोलाउने विषयमा छलफल भएको र कुनै निर्णय हुन नसकेको जनाइएको छ ।

‘सरकारले ल्याउने नीति तथा कार्यक्रम, बजेटका साथै स्थायी कमिटी बैठक’bout दुई अध्यक्षबीच छलफल भएको छ,’ नेकपा स्थायी कमिटीका एक सदस्यल भने, ‘बजेट अधिवेशन’bout छलफल भयो । बैठक बोलाउने विषयमा केही सहमति हुन सकेनन् ।’

नेकपा स्थायी कमिटी बैठक बिहीबार बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । असन्तुष्ट नेताले बैठक बोलाउन दबाब दिँदै आए पनि प्रधानमन्त्री ओलीले अहिले बैठक आवश्यक नभएको बताउँदै आएका छन् ।

नीति तथा कार्यक्रम, बजेट र कोरोना भाइरसँग लड्नुपर्ने भएकाले अहिले बैठकको आवश्यकता नभएको ओली पक्षधर नेताहरूले बताउँदै आएका छन् । तर, ओलीइतर समूहका नेताहरू पार्टी बैठक बस्नैपर्ने अडानमा छन् । जति छिटो बैठक बोलाउनुपर्ने भन्दै ओलीइतर समूहका नेताले शीर्ष नेतालाई दबाब दिँदै आएका छन् ।

नेकपाका शीर्ष नेताहरूबीच सहमति जुट्न नसक्दा स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । गत २० वैशाखको सचिवालय बैठकले बिहीबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । तर, बैठकको एजेन्डा तय गर्न बसेको २४ वैशाखको सचिवालय बैठकले सहमति जुटाउन नसक्दा स्थायी कमिटी बैठक अनिश्चित छ ।

अध्यक्ष दाहालले असन्तुष्ट पक्षलाइ दुई–चार दिनभित्रै बैठक बस्ने आश्वासन दिएका छन् । स्थायी कमिटीको बिहीबार बसेको अनौपचारिक बैठकले ‘दबाब समूह’ गठन गर्दै बैठक बोलाउन दबाब दिइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोकमा राेचक प्रतिस्पर्धा