भारतको हवाई आक्रमणपछि अहिलेसम्म के के भए ?

भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको छ।

गत अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।

भारतको हवाई आक्रमणपछि अहिलेसम्म भएका घटनाक्रमहरु

  • जम्मू-कश्मीरीका पहलगाममा पर्यटकहरुमाथि भएको हमलाको दुई हप्ता पछि, भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै ठाउँमा हमलाहरू गरिसकेको छ। भारतले यी हमलाहरूलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ।
  • भारतले पाकिस्तानका ९ स्थानमा हमला गरेको दाबी गरेको छ ।
  • पाकिस्तानका विदेश मन्त्री इसहाक डारले आक्रमणमा ८ जना पाकिस्तानी नागरिकको मृत्युको भएको र ३५ जना घाइते भएको पुष्टि गरेका छन् ।
  • कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ।
  • पाकिस्तान र भारतले धेरै क्षेत्रमा स्कूल र कलेज बन्द गरेका छन्।
  • भारतको सैन्य अपरेशनपछि एयर इन्डिया, स्पाइसजेट र इन्डिगोजस्ता प्रमुख एयरलाइन्सहरूले प्रभावित क्षेत्रका उडानहरू स्थगित गरेका छन् ।

पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिको मृत्यु
पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ । भारतीय सेनाको हवाला दिंदै कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको समाचार संस्था रोयटर्स र एएफपीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

त्यस्तै, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँग कुरा गर्दै भारतको आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको बताएका छन् ।

चौधरीका अनुसार आक्रमणमा एक मस्जिदसहित कैयौं स्थानहरूलाई निशाना बनाइएको थियो । यस घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानले भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूरा अधिकार राख्ने बताएका छन् ।

पाकिस्तानमाथि भारतीय हमला खेदजनकः चीन
चीनले भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ लाई खेदजनक भएको प्रतिक्रिया दिएको छ । पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आउने क्रम जारी छ ।

यहीक्रममा बुधबार चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेको छ। दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकहरूबीच बढ्दो तनाव’bout सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता माओ निङले चीन यो परिस्थितिप्रति ‘चिन्तित’ रहेको बताएका छन्।

उनले भारत र पाकिस्तान दुवैलाई ‘शान्त रहन, संयम अपनाउन र स्थितिलाई अझ जटिल बनाउने कुनै पनि कार्य नगर्न’ आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कसम खाएर उम्मेदवारी घोषणा