स्पेनी लिगका पाँच खेलाडीलाई कोरोना

मड्रिड । कोरोना भाइरस (कोभिड–१९) परीक्षणको क्रममा स्पेनिस लिगका ५ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्पेनमा फुटबल सुचारु गर्ने उद्देश्यसहित कोरोना परीक्षण गरिँदा ला लिगाका त जना र दोस्रो श्रेणीका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।

स्पेनिस ला लिगा आयोजकले तत्कालका लागि कुन खेलाडीलाई कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको भन्ने खुलाएको छैन । तर, खेलाडीमा नै संक्रमण देखिएपछि लिग चाँडै सुचारु हुने सम्भावनामा धक्का लागेको छ । अझै पनि केही टोलीको कोरोना परीक्षण बाँकी रहेको अवस्थामा ला लिगाले सबै परीक्षण सकिएपछि मात्रै फुटबल सुचारु गर्ने या रद्द गर्ने भन्ने’bout आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।

आरएसीले खेलाडीको नाम सार्वजनिक नगरेपनि क्याटलान बार्सिलोना र स्पेनिस महारथी रियल मड्रिडका कुनै पनि खेलाडीलाई कोरोना संक्रमण नभएको पक्का गरेको छ । बार्सिलोना र रियलका खेलाडी सबैको परीक्षण नेगेटिभ आएपछि क्लबले शुक्रबारदेखि प्रशिक्षण थालिसकेका छन् । ला लिगाले एक क्लबबाट कम्तीमा पनि ३० खेलाडीको कोरोना परीक्षण गर्नेछन् ।

उनीहरूका कोरोना नेगेटिभ देखिए प्रशिक्षणमा सामेल हुन पाउनेछन् । कोरोना पोजटिभ देखिने खेलाडी क्वारेन्टिमा बस्नुपर्नेछ । यो चार चरणमा हुनेछ । पहिलो चरणमा कोरोना परीक्षण, दोस्रो चरणको एकान्त प्रशिक्षण, तेस्रो चरणमा समूह प्रशिक्षण र चौथो चरणमा टिमसँग पूर्ण प्रशिक्षणमा सामेल हुन पाउनेछ । यसअघि भ्यालेन्सियाका पाँच खेलाडीमा संक्रमण देखिए पनि उनीहरू ठीक भइसकेका छन् ।

ला लिगा अध्यक्ष जेभियर टेवासले धेरै सावधानी अपनाइरहेको र खेलाडीहरूको प्रशिक्षण वातावरणलाई सुरक्षित बनाउन २४ पेज लामो विशेष रिपोर्ट तयार पारिएको र यो सबै क्लबलाई पठाइसकेको बताएका छन् । रिपोर्टअनुसार खेलाडीले प्रशिक्षणमा जानुअघि अनिवार्य कोरोना परीक्षण गर्नुपर्नेछ । कोचिङ स्टाफ र आवश्यक स्टाफ (खेलाडीसँग नजिक रहेर काम गर्ने)को पनि सिजन सुरु हुनुभन्दा अघि तीनपटकसम्म कोरोना परीक्षण गरिनेछ । बन्द मैदानमा लिग खेलाउनका लागि पनि लिगमा आबद्ध सबै कोरोनामुक्त हुनु जरुरी छ । सरकारले त्यसपछि मात्र खेल आयोजनाका लागि स्वीकृति दिने’bout निर्णय गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी