काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा भारत-पाकिस्तान युद्ददको बिषय उठान भएको छ। नेपाली कांग्रसेसका सांसद रामहरि खतिवडाले भारतले अहिले आतंकवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतंकवाद विरुद्धको लडाइमा नेपालले भारतलाई साथ दिनुपर्ने बताए ।
उनले भने, ‘आतंकवादविरुद्धको लडाइमा जुनसुकै देश लडेको भए पनि त्यसलाई नेपालले साथ दिनुपर्छ ।’ उता, नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाललगायतले भारत-पाकिस्तान युद्धमा सरकारको धारणा माग गरेका हुन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेकोप्रति असन्तुष्टिसमेत जनाएका छन्। ‘भारत र पाकिस्तानबीच उत्पन्न विवादको ’boutमा नेपाल सरकारको आधिकारिक धारणा माग गर्दछु` उनले भने ।
तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)