काठमाडौं । यो वर्षको बुद्धजयन्तीको अवसर पारेर गायिका गायिका रेखा शाहले आफ्नो नयाँ गीत ’मौन…’को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । यो गीतको म्युजिक भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् । जसमा रूपेश थापाको छायांकन तथा सम्पादन रहेको छ ।
यो गीतमा हरि लम्सालको संगीत, भूपेन्द्र खड्काको शब्द तथा फणीन्द्र राईको संगीत संयोजन रहेको छ । बिहीबार सार्वजनिक गरिएको यो गीतको भिडियोमा गायिका शाहले आफैं अभिनय गरेकी छन् । कोरोना भाइरसको संक्रमणको समयमा संगीतले थेरापीको काम गर्न सक्ने भन्दै आफूले गीतको भिडियो सार्वजनिक गरेको उनले बताइन् ।
तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)