sharethis
Monday, October 18, 2021
Your Ads Here

स्वर्णधारी मन्डे निरन्तर समाजसेवामा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णधारी करातेका मन्डेकाजी श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । हरेक दिन प्रशिक्षण र खेलका लागि भनेर दौडिरहने मन्डे अहिले समाजसेवीका रूपमा पनि अघि बढेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण नेपाल ११ चैतदेखि लकडाउनमा रहँदा खेलकर्मीहरूले प्रशिक्षण र खेल्ने वातावरण पाएका छैनन् ।

यो विषम परिस्थितिमा खेल्ने वातावरण नभएपछि लकडाउनकै कारण विपद्मा परेकाको सेवामा यिनै स्वर्णधारी मन्डेकाजी श्रेष्ठ निरन्तर लागिपरेका छन् । लकडाउनको सुरुवाती दिनमा घरमै बसेर रमाइरहेका मन्डेको मन पछिल्लो विकसित घट्नाक्रमले घरमा बस्नै सकेनन् । कोभिड–१९ का कारण देश पूर्ण रूपमा लकडाउन भएपछि विपद्मा परेका परिवारलाई आफ्नो र विभिन्न संघसंस्थाको सहयोगमा खाना खुवाउने, काठमाडौं उपत्यकाबाट या अरू कुनै जिल्लाबाट भक्तपुर हुँदै आफ्नो घर फर्कन चाहेका र हिँडिरहेकालाई बाटैमा खाना खुवाउने, आर्थिक सहायता र जुत्ताचप्पल किनिदिने उनको दैनिकी बनेको थियो ।

अहिले लकडाउनको ४५ दिन पुग्दा पनि समस्या र विपद्मा परेकाको सेवामा उनी र उनको टोली अनवरत छन् । मन्डेको नेतृत्वमा शुक्रबार भक्तपुर मध्यपुरठिमी नगरपालिका कौशलटारमा रहेको मानवसेवा आश्रम र भक्तपुरकै चाँगुनारायण नगरपालिका झौखेल गेलाल गाँउमा रहेको मानवकल्याण समाजसेवा घरमा रहेका अशक्तलाई खाना खुवाएर समाज सेवालाई निरन्तरता प्रदान गरेको हो । मन्डेसँगै टोलीमा कलाकार सरिता लामिछाने र गोपाल ढकाल (छन्दे)को पनि उपस्थिति रहेको थियो ।

उनले अस्ट्रियामा बसोबास गर्दै आइरहेका समाजसेवी तथा एनआरएनए अस्ट्रियाका वरिष्ठ उपाध्यक्ष विकास कार्कीको सहयोगमा दुई आश्रममा खाना खुवाउने कार्यक्रम राखिएको बताए । मन्डेले यो संकटको घडीमा प्रवासमा रहेर पनि मातृभूमिमा अफ्टेरो अवस्थामा रहेकाको घाउमा मलमपट्टी लगाउन सहयोग गर्ने कार्की र उनको टिमलाई विशेष धन्यवाद ज्ञापन गरे ।

दुई आश्रममा १ सय ६० जनालाई खाना खुवाइएको स्वर्णधारी मन्डेकाजी श्रेष्ठले जानकारी गराए । मानवसेवा आश्रममा बेसहारा, सडक आश्रित वृद्धवृद्धा रहेका छन् । मानव कल्याण समाजमा सुस्त मनस्थितिका तथा बेसहारा बनेका नवजात शिशुहरू रहेका छन् ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

सर्वोच्चको फैसला पालना गरौं
अस्ट्रेलियाको सानदार जित
नेपालमै पहिलो पटक पत्रकारलाई पेन्सन प्रदान
लकडाउनमा घर हिँडेका श्रमिकको बारामा गाडी दुर्घटना
मुक्त कमैयासँग लालपूर्जा छ, जमिन छैन
नौ महिनापछि खुल्यो सवारी लाइसेन्स

आजको समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
मिडियाकाे दवावपछि कांग्रेस मलाई मन्त्री बनाउन वाध्य भयाे : डोबाटे विश्वकर्मा

साताका लोकप्रिय समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद
धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते

भर्खरै

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
Dhruba Lamsal || 12 October 2021
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका...

कुरी-कुरी