काठमाडौँ । नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
घरमा काम गर्न राखेकी नाबालिगलाई करणी गरेको आरोपमा मंसिरमा शिवाकोटी पक्राउ परेका थिए । तर, उनी हिरासतमा नबसी अस्पताल बस्दै आएका थिए ।
उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको संयुक्त इजलासले बिहीबार उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
एमालेबाट निर्वाचित पूर्वमेयर शिवाकोटीलाई झापा जिल्ला अदालतले २०८१ पुस २२ मा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । अस्वस्थताको कारण देखाउँदै उनी बीएण्डसी अस्पताल भर्ना भएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)