इजरायल । हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका छन् । उनीहरूले विपिन जीवितै रहेको प्रमाण नभेटिएको भन्दै आशंका व्यक्त गरेको द टाईम्स अफ इजरायलले खबर प्रकाशित गरेको हो ।
युद्ध सुरु भएको केही समयपछिदेखि तीन जना बन्धकहरू जीवित भएको कुनै संकेत प्राप्त नभएको उसले जनाएको छ । तिमध्ये दुई जना विदेशी नागरिक हुन् र एक जना इजरायली रहेको बताइएको छ । जीवितको कुनै संकेत नपाएको भए पनि यी दुई विदेशी बन्धकहरूलाई आधिकारिक रूपमा मृत घोषित भने नगरिएको द टाईम्स अफ इजरायलले जनाएको छ ।
जीवितै रहेको प्रमाण नभेटिनेमा नेपालका विपिन जोशी र थाइल्याण्डका पिन्टा नट्टापोङ रहेको समाचारमा भनिएको छ । बुधबार मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले २१ जना बन्धक जिउँदै रहेको बताउँदै तीन जना बन्धक जीवितै रहेकोमा आशंका रहेको जानकारी दिएका थिए ।
यी तीन जना जिवित भएको प्रमाण नभेटिएको कुराको जानकारी उनीहरूका परिवारलाई पनि जानकारी गराइएको टाईम्स अफ इजरायलले लेखेको छ । हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको छ । यीमध्ये ३५ जनाको मृत्यु भइसकेको छ, जसमा तीन जना विदेशी नागरिक रहेको खबरमा उल्लेख छ ।
सम्बन्धित समाचार





