गभर्नर नियुक्ति सहमतिबाट निर्णय हुन्छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् । पार्टीको पदाधिकारी बैठकमा नेताहरूले गभर्नर नियुक्त ढिलो भएको प्रति जिज्ञासा राखेपछि सभापति देउवाले चाँडै नियुक्त हुने जानकारी गराएका थिए ।

सभापति देउवा निवासमा बुढानीलकण्ठमा शुक्रबार बिहान बसेको बैठकमा नेताहरुले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न धेरै ढिला भएकोमा चासो राखेका थिए ।

त्यसमा सभापतिले दिएको जवाफ उद्धृत गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘सभापतिले यो चाँडै टुंगिन्छ । प्रोफेसनल, व्यावसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्वमा जानुपर्दछ । एउटा सहमतिबाट निर्णय हुन्छ भन्नुभएको छ ।’

काँग्रेस र एमालेबीचमा सहमति हुन नसक्दा गभर्नर नियुक्त हुन सकेको छैन । संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराउने विषयमा पनि काँग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ ।

महतका अनुसार टीआरसीलाई टुंगोमा पुर्‍याउन संरचना बनाउन अन्य दलसँग छलफल गरिने भएको छ । बैठकमा शिक्षा विधेयकका ’boutमा पनि छलफल भएको महतले जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी