मुम्बई । अप्रेशन सिन्दुर शीर्षकमा भारतले पाकिस्तानको आतंककारी रहेको क्षेत्रमा मंगलबारबाट मिसायल आक्रमण सुरु गरे पछि भारत र पाकिस्तानबिच सम्बन्धमा दरार सुरु भएको छ । अहिले भारतको सुरक्षा स्थित राम्रो नभएको भन्दै बलिउड चलचित्र निर्माताहरूले आफ्ना चलचित्र प्रदर्शन तथा अन्य कार्यहरु केही दिनलाई स्थगित गरेका छन् ।
यसै क्रममा राजकुमार राव र वामिका छब्बीसको मुख्य भूमिका रहेको चलचित्र ‘भूल चुक माफ’को रिलिज स्थगित गरिएको छ । यो चलचित्रको शुक्रबार ९ मेबाट विश्वव्यापी चलचित्र घरमा रिलिज हुने तालिका थियो । तर अब शुक्रबार यो चलचित्र रिलिज नहुने निर्माण पक्षले बताएका छन् । रिलिज हुनु भन्दा एक दिन अगाडि बिहीबार निर्माताहरूले यस्तो निर्णय लिएका हुन् ।
‘सुरक्षाको कारणले गर्दा भारतमा नक्सल युद्धसम्बन्धी अभ्यासहरू भइ रहेका छन् । यसै कारणले गर्दा, भूल चुक माफलाई हामीले रिलिज गर्न स्थगित गरेका हौँ,’ यो चलचित्रको निर्माण संस्था म्याडक फिल्मका निर्माता दिनेश विजानले एक विज्ञप्ति मार्फत जनाएका छन् । अब यो चलचित्रलाई हलमा रिलिज गरिने छैन ।
निर्माताहरूद्वारा जारी गरिएको विज्ञप्तिमा लेखिएको छ,‘हालैका घटनाहरू र देशभरि गरिएको कडा सुरक्षा उपायहरूलाई ध्यानमा राख्दै, म्याडक फिल्म र अमेजन एमजी एम स्टुडियोले १६ मे मा प्राइम भिडियो मार्फत भूल चुक माफलाई सिधै तपाईँको घरमा ल्याउने निर्णय गरेका छौँ । हामी तपाईँलाई चलचित्र घरमा हाम्रो चलचित्र देखाउने तयारीमा रहँदा पनि राष्ट्रको भावना पहिले आउने भएकाले यसलाई चलचित्र घर प्रदर्शनमा स्थगित गर्नु परेको हो, जय हिन्द ।’
आफ्नो चलचित्र दर्शकको चाहना अनुसार चलचित्र घरमा ल्याउन नसक्दा यो चलचित्रकी अभिनेत्री वामिका गब्बीले पनि दर्शकसँग माफी मागेकी छिन् । अहिले देशको अवस्था’bout चिन्तित र गम्भिर हुन उनले दर्शकलाई आग्रह गरेकी छिन् । उनले भनेकी छिन्,‘भारत र पाकिस्तान बिचको अवस्था अहिले नाजुक भएकाले पनि हाम्रो चलचित्र अव ओटिली प्लेटफर्म मार्फत दर्शकसम्म पुग्ने कुराले तपार्इँ हामी खुसी हुनु पर्छ,’वामिकाले अगाडि थपिन्,‘ चलचित्र घरमा चलचित्र रिलिज हामी सबैको लागि विशेष हुने भए पनि अहिलेको परिस्थितिलाई ध्यानमा राख्दै निर्माताहरूको यो निर्णयबाट म धेरै खुसी छु । किनकी हाम्रो चलचित्र अब दर्शकामाझ पुग्न सफल भएको छ ।’