चलचित्र ऊनको स्विटर र जार एक साथ

काठमाडौँ । शुक्रवारबाट नेपालमा एक साथ दुई वटा नेपाली चलचित्र रिलिज हुने भएका छन् । नेपालमा रिलिजको लागि तयार भारतीय चलचित्र ‘भूल चुक माफ’ को चलचित्र घर रिलिज स्थगित गरिएपछि ‘भूल चुक माफ’ अब नेपालका चलचित्र घरमा नआउने वितरकले चलचित्र घर सञ्चालकलाई बिहीबार जानकारी गराएका छन् ।

शुक्रवारबाट रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्विटर’को बुधबार बेलुका काठमाडौँमा प्रिमियर गरियो । चलचित्रले प्रिमियरमा अतिथि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । यो चलचित्रलाई प्रिमियरमा हेरेका उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देल, सांसद शोबिता गौतम, सांसद विनीता कठायत, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायतले ऊनको स्विटर राम्रो चलचित्र बनेको बताए ।

चलचित्र जार

यो चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राईलगायतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका हुन् । यो चलचित्र मुलुकका एक सय भन्दा बढी चलचित्र घरबाट रिलिज हुने ऊनको स्विटरको वितरक गोविन्द शाहीले राजधानीलाई बताए । वितरक शाहीका अनुसार यो चलचित्रलाई शुक्रवार देश भर ३०० भन्दा बढी सो प्राप्त भएका छन् । यो चलचित्रमा सुजन चापागाईँ र झुमा लिम्बुका गीतहरु यति वेला चर्चामा छन् । आर्टमाण्डूको ब्यानरमा बनेको चलचित्र ऊनको स्विटरको पाँचथर र फालेलुङ क्षेत्रमा छायांकन गरिएको हो ।

यस्तै साहित्यकार इन्द्र बहादुर राईको कथा जारमा आधारित चलचित्र ‘जार’ शुक्रबारबाट मुलुकका ६ दर्जन भन्दा बढी चलचित्र घरबाट रिलिज हुने यसका वितरक करण श्रेष्ठले बताएका छन् । यो चलचित्रले भने ऊनको स्विटरको तुलनामा कम चलचित्र घरमा शो पाएको छ ।

भारतको सिक्किम र सिलिगुडीमा प्रिमियर पछि यो चलचित्रको मंगलबार बेलुका ललितपुरको क्युएफएक्स लविम मलमा प्रिमियर गरियो । प्रिमियरमा चलचित्र जार हरेका अतिथिहरुले दुई सय वर्ष पुरानो कथालाई त्यही परिवेशमा निकै राम्रोसँग चलचित्रमा उतारिएको प्रतिक्रिया दिए ।

यो चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय अभिनेत्री गीताञ्जली थापाको शिर्ष भूमिका छ । यसलाई फुर्वाछिरिङ लामाले निर्देशन गरेका हुन् । जसमा भारतीय छायांकार सरवानन इलावार्सुको छायांकन, अखिलेस राईले सम्पादन गरेका हुन् । भारतबाटै चलचित्रको निर्माण गरिएको हो ।

चलचित्रको कार्यकारी निर्मातामा त्रीलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा यो चलचित्र निर्माण भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्जका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ