उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी सहायक निरीक्षकको सवारी दुर्घटनामा सनिवार ज्यान गएको छ । त्रियुगा नगरपालिका– ८ राजाबासका ३० वर्षिय प्रहरी सहायक निरिक्षक बिरोध खतिवडाको ईटहरीबाट बिराटनगर जाने क्रममा कोशी लोकमार्ग खण्डको दुहबी नगरपालिका– ३ स्थित फुटानी चोकमा प्र २–०१–००१ च ०२५१ नम्बरको पिक अप भ्यान आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा ज्यान गएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
उनी सवारी पिक अप भ्यान अनियन्त्रित भई दर्घटना हुँदा त्यसमा सवारी चालक उदयपुरको त्रियुगा नगरपालिका– ६ का ३८ वर्षिय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की घाइते भएका छन् । उनीहरूको बिराट टिचिङ अस्पताल बूढीगंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएका प्रहरी सहायक निरिक्षक खतिवडा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए । उनको शब पोष्टमार्डम गरि गाईघाट ल्याउने तयारी भई रहेको परिवारले जनाएका छन ।
सम्बन्धित समाचार








