कोशीमा मृत फेला परेका युवकको आफन्त खोज्दै प्रहरी

राजविराज । सप्तरीको हनुमाननगर १ स्थित सप्तकोशी नदीमा अघिल्लो दिन मृत अवस्थामा फेला परेका एक पुरुषको अझै पहिचान खुल्न सकेको छैन् । उनको शव अहिले पोष्टमार्टमका साथै सनाखत प्रयोजनका लागि गजेन्द्र नारायण सिंह अस्पतालको शव गृहमा राखिएको छ ।

“शनिबार साँझसम्म पनि कोही आफन्त आएका छैनन्, इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले भने–शवप्राप्त भएको कोशी नदी आसपासका बासिन्दाका साथै सबैतिर मृतकको हुलिया विवरण पठाएर सनाखतको प्रयास गरिरहेका छौं ।”

कालोमा सेताको घर्सा भएको हाफपैन्ट र निलो हरियो टिसर्ट लगाएको अवस्थामा शुक्रबार कोशी व्यारेजको पुलदेखी करिब तीनसय मिटर टाढा अन्दाजी ४०÷४५ वर्षिय युवक मृत अवस्थामा फेला परेको थियो । मधेशी मूलका ती व्यक्तिको शव डुंगा चढेर गएका प्रहरी टोलीले नदीबाट निकालेका थिए ।

झण्डै तीन घण्टा नदी किनारमै शव राखेर आसपासका बासिन्दाबाट सनाखतको प्रयास गरिएपनी पहिचान खुल्न सकेन । त्यसपछी आवश्यक प्रक्रिया पु¥याएर मृतकको शव गजेन्द्र नारायण सिंह अस्पतालको शवगृहमा ल्याई राखिएको प्रहरीको भनाई छ ।

पोष्टमार्टम सकिएपछि मात्र मृत्युको कारण खुल्ने बताउँदै प्रहरी नायब उपरिक्षक काफ्लेले मृतकका आफन्त पत्ता लगाउने काम भइरहेको जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनका कारण उपप्रमुखमा पनि पुरुष हावी