Tuesday, March 2, 2021
Home Breaking News सीमाका विषय टुङ्गोमा पु-याउने समय यही हो : अध्यक्ष दाहाल

सीमाका विषय टुङ्गोमा पु-याउने समय यही हो : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आएको बताउनुभएको छ ।

विगतदेखि नै राजनीतिक र कूटनीतिकरूपमा विभिन्न चरणमा समाधानको प्रयास गरिए पनि निकास ननिस्किएको वर्तमान परिप्रेक्ष्यमा समस्याहरु थप जटिल बन्दै गएको अध्यक्ष दाहालको निष्कर्ष छ । सिंहदरबारमा आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यसमेत रहनुभएका अध्यक्ष दाहालले सीमा विवाद तत्काल उब्जिएको नभइ दशकौँदेखिको समस्या हो भन्दै सबै तथ्यहरुको विष्लेषण गरी एउटा ठोस निचोडमा जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बैठकमा सांसदहरुले सीमारक्षाका विषयमा राष्ट्रिय सहमति जुटिरहेका बेला सरकारले गरेको पहलकदमीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेपछि सत्तारुढ दलको नेतृत्व गरेको पार्टी नेकपाका एक जना अध्यक्षको हैसियतमा बौल्दै अध्यक्ष दाहालले भन्नुभयो, “सीमा समस्याका विषयमा एकचोटी फेरि राजनीति र कूटनीतिमार्फत समाधानको कोसिस गर्ने र भएन भने सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आउँदै गरेको महसुस गरेको छु ।” सांसदहरुले उठाएको मुलभूत विषयमा सहमति जनाउँदै अध्यक्ष दाहालले भन्नुभयो, “विषय धेरै गम्भीर र पुरानो हो ।”

गत साल भारतले जारी गरेको राजनीतिक नक्साको नयाँ सन्दर्भ आएपछि विषयको गाम्भीर्यता र संवेदनशीलतालाई विचार गरेर पटक–पटक राष्ट्रियस्तरमा गम्भीर बहस गरिएको उहाँले बताउनुभयो । त्यो बेला सरकारले पनि सर्वदलीय र सर्वपक्षीय बैठकको आयोजना गरी राष्ट्रिय सहमति बनाउने वातावरण तयार पारेको स्मरण गर्दै अध्यक्ष दाहालले त्यो बैठक र सहमतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकै ठूलो तागत प्रदान गरेको उल्लेख गर्नुभयो । “सरकारले त्यो बेला तयार पारेर भारत सरकारसमक्ष पेश गरेको ‘लेटर अफ प्रोटेष्ट’ सायद कूटनीतिककरूपमा सायदै लेखिएको होला भन्ने लाग्छ, सरकार तत्परता र विश्वासका साथ नै अघि बढेको छ”, सरकारको पहलकदमीबारे सांसदहरुलाई आश्वस्त पार्दै अध्यक्ष दाहालले थप्नुभयो, “विदेश सचिवस्तरको बैठकको आयोजना गरेर छलफल गर्ने भन्ने सन्दर्भमा सूची मिलाउन नसक्दा सहमति हुन नसकेको जानकारी आएको छ ।”

उहाँले भन्नुभयो, “शनिबार मात्रै भारतले बनाएको बाटो उद्घाटनको विषय आइसकेपछि प्रधानमन्त्रीलाई भेटेर विषय धेरै गम्भीर भएर आयो । विगतमा नक्साको सन्दर्भमा पनि एक ढङ्गको विवाद भयो । हामीले उच्चस्तरमा (प्रधानमन्त्रीकै स्तरबाट) राजनीतिक र कूटनीतिक संवाद थालिहाल्नुपर्छ ।” अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँगको भेटमा अझ विषयवस्तु गम्भीर भएर आएकाले अविलम्ब पहल भएन भने चिजहरु झन् अप्ठ्यारो भएर जान सक्नेतर्फ ध्यानाकर्षण गराएको बताउनुभयो । पार्टीका तर्फबाट सोही ढङ्गको वक्तव्य सार्वजनिक भइसकेको समेत उहाँले बताउनुभयो । परराष्ट्र मन्त्रालयबाट जारी भएको विज्ञप्तिप्रति केही सांसदहरुले उठाएको प्रश्नमा अध्यक्ष दाहालले परराष्ट्र मन्त्रालयमार्फत जारी गरिएको वक्तव्य अहिलेको अवस्थामा ठिक र उपयुक्त रहेको प्रतिक्रिया दिनुभयो ।

सांसदहरुले चिठीमात्रै सार्वजनिक गरेर नहुने भन्दै ठोस र व्यवहारिकरूपमा पहल गर्नुपर्ने माग राख्नुभएको थियो । अध्यक्ष दाहालले ‘उक्त विषयलाई प्रष्ट पार्दै चिठ्ठी मात्रै ठिक भएर भएन एक्सन पनि ठिक हुनुप¥यो भन्ने सांसदहरुको भावना सही छ’, भन्नुभयो । लिपुलेकलगायत सीमा समस्यासम्बन्धी विषयमा आफू पूर्वप्रधानमन्त्रीको हैसियतमा विगतमा भारत र चीनसँग छलफल गरेको समेत उहाँले सांसदहरुलाई जानकारी गराउनुभयो । “लिपुलेकको सन्दर्भमा चीन र भारतको जे सहमति भयो, संयोगले तुरुन्तै भारत भ्रमणमा जाँदा त्यहाँको उच्च नेतृत्वसँग र चीन जाँदा चीनको नेतृत्वसँग विषय उठाइएको हो, सिमानाको विषयमा चीन, भारत र नेपाललले त्रिपक्षीयरूपमा समस्या समाधान गर्नुपर्ने आवश्यकता टड्कारो भयो भनेर उठाएको थिएँ”, उहाँले स्मरण गर्नुभयो । “लिपुलेक नेपाली भूभागको हो । सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो भनिएको छ । त्यसपूर्वको सम्पूर्ण भूभाग नेपालको हो । त्यहीअनुसार राजनीतिक र कूटनीतिकरूपमा बहस गर्नुपर्छ ।” उहाँले जोड दिनुभयो ।

यो पनि पढ्नुहोस   प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

भारत–चीनबीच सम्झौता भएको हुनाले लिपुलेक प्रकरण त्रिदेशीय समस्या बन्न गएको यथार्थ हो भन्दै अध्यक्ष दाहालले दुई देशले मात्रै हल गर्न अप्ठ्यारो हुने तर्क गर्नुभयो । पटकपटक आफूले तीनै देशको आर्थिक क्रियाकलापको विकासमा त्रिदेशीय साझेदारीको कुरा उठाउँदै आएको र विमिस्टेकको सम्मेलनका बेला भारतको गोवामा त्यो अवसर चुक्न नदिएको उहाँले स्मरण गर्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङ्सँग झण्डै ४० मिनेट एक्लै कुरा गर्दा सिमाना र व्यापार व्यवसायसम्बन्धीका विषमयमा त्रिदेशीय समझदारी बनाउनु आवश्यक छ भनेको कुरा राखेको समेत उहाँले जानकारी गराउनुभयो । “अहिले सडक प्रकरणसम्म आउँदा त्यसको औचित्य पुष्टि भएको छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

उक्त विषयमा कूटनीतिक नोट मात्रै पठाएर नहुने आवश्यक परे अन्तर्राष्ट्रिय अदालतमा विषय पु¥याउनुपर्ने माग सांसदहरुले राख्नुभएको थियो । अध्यक्ष दाहालले सांसदको जिज्ञासा मेटाउँदै भन्नुभयो, “यसलाई अन्तर्राष्ट्रिय अदालतमा लगिहाल्ने बेला भयो कि भएन अझै सोचौँ, विषय आफैँमा सामान्य छैन, नक्सा प्रकाशन अहिले मात्रै भएको होइन, भारतले कयाँै दशकयता झण्डै आठ नक्सा प्रकाशन गरिसकेको छ, जसमा लिपुलेक, लिम्पियाधुरा भारतमा समावेश गरेको छ ।” उहाँले ‘सीमाका विषयमा नेपाल सरकारले कुन समयदेखि नेपालको राष्ट्रिय हित र भौगोलिक अखण्डताको पक्षमा कुरा उठायो या उठाएन, किन उठाएन ? त्यो पनि हिसाबकिताब गर्नुपर्छ’, भन्नुभयो । “कालापानीमा भारतले सेना राखेको अहिले होइन ६०/६२ वर्ष पहिलेदेखि नै हो”, अध्यक्ष दाहालले अगाडि थप्नुभयो, “त्यस विषयमा गम्भीरतापूर्वक कुरा उठाउने र समस्या समाधानमा विगतदेखि अलिहेसम्म किन भएन ? अहिलेसम्मका सरकारले के गरे ? भन्ने समीक्षा गर्नुपर्ने विषय छ ।” यसको समीक्षा गर्ने बेला अहिले आएको उहाँको तर्क थियो ।

यसपटक राजनीतिकरूपमा र आम नेपाली जनताको समर्थन सरकारलाई प्राप्त भएकाले समस्या समाधानका लागि ढिला नगरी व्यवहारिकरूपमा पहल गरियोस् भन्ने सांसदहरुको भावनालाई सरकारसम्म पु¥याउने उहाँले प्रतिबद्धता जनाउनुभयो । “सीमारक्षाका विषयमा ठोस पहल गर्नुपर्ने तपाईंहरुको सन्देश लिएर सरकारमा जान्छु, हिजो मात्रै पनि यो विषयमा अब ढिलाढाला गरिनुहुन्न भनिएको छ, म त्यसरी नै जान्छु ।”

(Visited 107 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

भ्याक्सिन्ड पर्यटक र एक्सपिरियन्स्ड पर्यटन

कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै भ्याक्सिन्ड पर्यटनको नाममा तंग्रिन खोज्दै छ । कोरोना महामारी नियन्त्रण गर्न विश्वभर भ्याक्सिन लगाउने कार्य तीव्र गतिमा बढिरहेको...

ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले स्थायी समिति...

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको...

विविधता संरक्षण गर्दै स्थानीय रेडियो

नेपाल विविधताले धनी, भौगोलिक रूपमा तराई, पहाड, हिमाल अनि वातावरणको हिसाबले फरकफरक वातावरण भएको देश अनि भाषाको हिसाबले १ सय २९ भाषा, त्योभन्दा बढी...

जनादेशअनुसार जुटेर अघि बढ

विघटित संसद् पुनस्र्थापना हुने भएपछि अबको नेपालको राजनीतिक परिदृश्यमा बन्ने सरकार नेकपाकै हुन्छ वा अरू कुनै दलको भनेर निकै चर्चा हुने गरेको छ ।...

ट्रेन्डिङ

महाधिवेशनको नयाँ मिति तोक्न कांग्रेस बैठक बस्दै

काठमाडौं । कोरोना भाइरस संक्रमणले फागुनमा तोकिएको १४ औं महाधिवेशन हुने सम्भावना नदेखिएपछि नयाँ मिति तोक्न कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक...

भारतबाट फर्कनेको जोखिम

भारतमा लकडाउन भइरहेको समयमा पनि भारतीय सरकारले १५ वटा राज्यमा रेल सेवा सुरु गरेसँगै त्यहाँ रहेका नेपाली मजदुरहरू स्वदेश फर्कने तयारी गरेका छन् ।...

काठमाडौँ उपत्यकामा थपिए ४२९ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ४२९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थपिएकामध्ये काठमाडौँका...

‘दुवै अध्यक्षको कदम र काम सही छैन, मिलाउन लागौं’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादका कारण प्रतिनिधिसभा विघटन भएदेखि केही नबोली मौन रहेका पार्टी उपाध्यक्ष वामदेव गौतमले बिहीबार बल्ल आफ्नो धारणा व्यक्त...

अध्यादेशले प्रवेश पाएन मन्त्रिपरिषदमा

काठमाडौं । पछिल्लो समय चर्चा र विवादमा रहेको संवैधानिक परिषद् अध्यादेश फिर्ता सम्बन्धी विषय मन्त्रिपरिषद्मा छलफल भएको छैन । सरकारले जारी गरेको अध्यादेशका विषयमा...

टोकियो ओलम्पिक अन्योलमा

टोकियो । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए)ले मंगलबार आगमी जुन जुलाईलाई तय भएको युरोकप फुटबल प्रतियोगिता एक वर्षपछि गर्ने निर्णय ग-यो । सोही दिन...

स्वास्थ्यमन्त्री ज्यू ! स्वास्थ्य पत्रकारलाई गेटमा रोक्ने निर्देशन दिनुभएको हो र ?

काठमाडौं । स्वास्थ्य पत्रकारीता गरको एक वर्ष वित्यो । पत्रकारीतामा क्रियाशिल त १० वर्ष । पत्रकारितामा एउटा सिद्धान्त छ सत्य, तथ्य र सन्तुलन मिसिएको...

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

सरकारको प्राथमिकतामा मेलम्ची खानेपानी

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दोस्रोपटक पानी पथान्तरणसँगै लामो समयदेखि पर्खाइमा रहेको मेलम्ची खानेपानी अबका दुई महिनाभित्र काठमाडौंमा आउने आयोजनाले जनाएको छ । यसले काठमाडौंमा...

कौरामा जम्दै सन्तु र सिन्धु

काठमाडौं । गायक सन्तु थापा र गायिका सिन्धु मल्ल गोदावरी पार्कमा मंगलबार कौरा गाउँदै भेटिएका छन् । उनीहरू पछिल्लो समय कौरामा जम्दै छन् ।...

रियल मड्रिड अन्तिम आठ नजिक

मड्रिड । इटालियन क्लब एट्लान्टालाई पराजित गर्दै स्पेनिस जाइन्ट क्लब रियल मड्रिडले अन्तिम आठको बाटो बनाउन सजिलो बनाएको छ। युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)