पवनदीप राजनको स्वास्थ्यमा क्रमिक सुधार

मुम्बई । ‘इन्डियन आइडल १२’ विजेता गायक पवनदीप राजनको स्वास्थ्यमा दिन प्रतिदिन सुधार हुँदै गएको छ । उनको टोलीले बुधबार सामाजिक सञ्जालमा दुई विशेष तस्बिरसमेत सार्वजनिक गरेको छ । अस्पतालको बेडमा देखिएका यी तस्बिरमा आमा र छोरा दुवैको अनुहारमा मायालु मुस्कान देखिएको छ । यसबाट पनि पवनको स्वास्थ्य राम्रो रहेको संकेत गरेको हो । पवनका फ्यान यस पोस्टबाट खुसी छन् र निरन्तर आफ्ना प्रतिक्रिया दिइरहेका छन् ।

पवनको टोली वा उनको परिवारका सदस्यमध्ये एकले बुधबार इन्स्टाग्राममा पवनका दुई तस्बिर सार्वजनिक गरेका हुन् । यी दुवै तस्बिरमा आमा र छोरा धेरै खुसी देखिएका छन् ।

एउटामा पवनकी आमाले तस्बिर खिचाउँदै गर्दा छोरालाई अँगालो हालेको देखिन्छ । दोस्रो तस्बिरमा आमाले पवनको निधारमा चुम्बन गरिरहेको देखिन्छ । यी दुवै तस्बिरले खुसी, प्रेम र भावना चित्रण गर्छन् । फ्यानले यी तस्बिरमा माया बर्साइरहेका छन् र पवनको स्वास्थ्य लाभको कामनासमेत गरिरहेका छन् ।

गायिका वैशालीले ‘रकस्टार चाँडै निको होस्’ भनी लेखेकी छन् भने अभिनेता अनुप सोनीले ‘रातो मुटुको इमोजी’ बनाए । एक फ्यानले लेखेका छन्, ‘छिट्टै निको हुनुहोस् भाइ ।’ अर्का फ्यानले ‘धेरैधेरै आशीर्वाद पवन दा… सधैं यसरी नै मुस्कुराइरहनुहोस्’ भनेका छन् । अर्का फ्यानले लेखेका छन्, ‘भगवान्ले तपाईंलाई आशीर्वाद दिऊन् ।’

गत ५ मे रात पवनदीप राजनको परिवार र फ्यानका लागि धेरै कठिन थियो । वास्तवमा पवन मुरादाबादबाट दिल्ली आउन अहमदाबाद विमानस्थल जाँदै थिए । बाटोमा उनको दुर्घटना भयो । त्यसपछि उनलाई गम्भीर चोट लाग्यो । तुरुन्तै अस्पताल भर्ना गरिएका उनको ६ वटा शल्यक्रिया गरियो । यसपछि भोलिपल्ट उनको थप तीनवटा शल्यक्रिया गरियो । यो लगभग ८ घण्टासम्म चलेको थियो । यसपछि पवनदीपलाई आईसीयूमा सारियो । अहिले उनको अवस्थामा क्रमिक सुधार हुँदै गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटमा मतदाताले नै मतपेटिका लिएर भागे