सिन्धुली । विहीबार विहान मदनभण्डारी राजमार्गको रानीबासमा स्कारपियो दुर्घटना हुँदा चारजना घाईते भएका छन । कमलामाई नगरपालिका वडा नं. १४ को तल्लो रानीबासमा झापाबाट काठमान्डौ गईरहेको बागमति प्रदेश ०१–०२७च८७९३ नम्बरको स्कारपियो नालीमा पल्टेको हो ।
दुर्घटनामा परि ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ का वेनिश कडरिया, काठमान्डौ महानगरपालिका १५ बस्ने पूर्णकाजी महर्जन, झापाको कमल गाउँपालिका २ का भवानी न्यौपाने र झापाको गौरीगञ्ज गाउँपालिका २ का मनोज कुमार ताजपुरिया घाईते भएका छन ।
घाईतेहरुमध्ये कडरिया र महर्जनको जनसेवा अस्पताल वर्दिवासमा उपचार भईरहेको छ भने अन्य दुई जनाको आर एण्ड के मेडिकल भिमानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)