पोखरामा आजदेखि युवा संघको महाधिवेशन

पोखरा । नेकपा (एमाले) निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरू हुँदैछ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यान्ह अमरसिंह चौरमा आयोजित सभामा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसका लागि उनी पोखरा आउने भएपछि सुरक्षा व्यवस्था पनि चुस्तदुरुस्त पारिएको छ ।

प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि आउने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

३ दिनसम्म चल्ने महाधिवेशनको बन्दसत्र भने पोखरा सभागृहमा हुनेछ । महाधिवेशनमा देशभरबाट करिब २ हजार जना प्रतिनिधिले भाग लिँदैछन् । महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १ सय ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेवार दौलथ कुलुङ विजयी