चौदण्डीगढीको मध्यावधि कार्य प्रगति सार्वजनिक

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले मध्यावधि कार्य प्रगति सार्वजनिक गरेको छ । नगर प्रमुख कालुमान लामा लगायत स्थानीय तहको दोश्रो निर्वाचनबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूले नगरदेखि वडा तह सम्म गरेको विकास निर्माणका विभिन्न कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक गरिएको हो ।

नगर प्रमुख कालुमान लामाले करिब दुई सय पृष्ठ लामो प्रगति प्रतिवेदन सार्वजनिक गर्दै आफूहरू निर्वाचित भएर आएपछि नगरपालिकाबाट सम्पन्न गरिएका कामहरूलाई पहिलो पल्ट दस्तावेजको रूपमा अभिलेखीकरण गरी मध्यावधि कार्य प्रगति सार्वजनिक गरिएको हो । नगर प्रमुख लामाले आर्थिक वर्ष २०७९–०८० देखि २०८१–०८२ सम्मको शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार निर्माण र खानेपानी जस्ता जनताका आधारभूत आवश्यकताका विषयमा पहिलो प्राथमिक्तामा राखेर बजेट विनियनेजन गरी काम गर्दै आएको जानकारी दिए । नगरपालिकाले तीन आर्थिक वर्षमा एक अर्ब ७१ करोड ८१ लाख दुई हजार २ सय ५६ रुपैया खर्च गरेको जनाएको छ । जसमा एक अर्ब २९ करोड ३५ लाख ९२ हजार ५ सय ७० रुपैया चालु तर्फ खर्च भएको छ भने ४२ करोड ४५ लाख नौ हजार ६ सय ८७ रुपैया पुँजीगत खर्च भएको छ । जसमा आङ्खनो आन्तरिक आय तर्फ आर्थिक वर्ष २०७९–०८० मा तीन करोड ७५ लाख ८४ हजार ५ सय ४६ रुपैया आव २०८०–०८१ मा ६ करोड ७१ लाख ७३ हजार ३ सय ५४ रुपैया र आव २०८१–०८२ को मङ्सिर मसान्त सम्ममा २ करोड ४२ लाख ५८ हजार २ सय ६७ रुपैया आम्दानी भएको जनाइएको छ ।

यस अवधिमा भौतिक पूर्वाधार तर्फ करिब १५ किलोमिटर सडक कालोपत्रे गरेको छ भने ५० किलो मिटर भन्दा बढी सडकमा ग्राभेल गरी सडक स्तरोन्नतिको काम गरेको र नगर क्षेत्र भित्रका विभिन्न जिर्ण विद्यालय भवन निर्माणदेखि दर्जन बढी खानेपानीका योजनाहरू सम्पन्न गरेको नगर प्रमुख लामाले स्पष्ट पारे । नगरपालिकाले पुँजीग तर्फको बजेटलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रमा अधिकतम खर्च गरेको पाइएको छ । आङ्खनो चुनाबी प्रतिबद्धता अनुसार काम गरि रहेको र आङ्खनो कार्यकाल भरिमा आङ्खना चुनाबी घोषणा पत्रानुसार काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । उदयपुरको आठ पालिका मध्ये पहिलो पटक चौदण्डीगढी नगरपालिकाले आङ्खनो मध्यावधि कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै नगर प्रमुख लामाले आफ्नो नेतृत्वमा बनेको स्थानीय सरकारले नगर भित्र बिशेष गरि शिक्षा र स्वास्थ्यमा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको बताए । शिक्षा क्षेत्रमा रहेको बेथितिको अन्त्य गर्दै दरबन्दी मिलान देखि बिद्यालयका तह घटुवा र केही बिद्यालयलाइ मर्ज गरेर शिक्षामा परिवर्तनको प्रयास गरेको उल्लेख गरे । यसको उपलब्धी यस बर्षको कक्षा ८ को नतिजाले शिक्षामा सुधार हुन थालेको संकेत दिएको उनको भनाई छ ।

चौदण्डीगढीले आधारभूत नगर अस्पतालमा तीन जना एमबिबिएस चिकित्सक राखेर उपचार सुरु गरिएको, फिजियो थेरापी, दंतरोग सेवा, लगायतका सेवा थप गरिएको, सर्पदंश उपचारको अनुमति प्राप्त गरिएको जानकारी दिए । चौदण्डीगढी नगरपालिकाले नगर भित्रका वारिपारीको समस्या समाधानका लागि ट्रष्ट तथा कलभट ३२ वटा निर्माण गरिएको जानकारी दिए ।

भूमिहीन, दलित र अब्यबस्थित बसोबासीहरुको समस्या समाधान गर्न सम्पूर्ण ऐलानी जग्गा नापीको कार्य तिब्र रुपमा काम भई रहेको र समस्याको दिर्घकालिन समाधानका लागि स्थानीय भुमि सम्बन्धि समिति गठन गरेर “भुमि भोगाधिकार“ प्रमाणपत्र वितरणको तयारी भई रहेको नगरपालिकाले जनाएको छ ।

चौदण्डीगढी नगरपालिकाले १० वटा वडा भित्र २५ किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको र आङ्खनो कार्यकालको मध्यावधि सम्म आइपुग्दा ८० किलोमिटर सडक ग्राभेल सम्पन्न गरेको नगर प्रमुख लामाको भनाई छ ।

चौदण्डीगढी नगर भित्रका सम्पूर्ण धार्मिक तिर्थ स्थल, पर्यटकीय क्षेत्रको सम्बर्धन लगायतका क्षेत्रमा काम गरि रहेको बताए । कृषि क्षेत्रमा गुणात्मक प्रगति गरिएको बताउँदै नगरको १० वटै वडामा महिला समुहा बनाएर बिउ पाठा पाठी वितरण गर्नुका साथै कृषकहरुलाई टनेल, सिंचाई मोटर, मिनि टिलर जस्ता उपकरण वितरण गर्दै आएको छ । न्यायिक सम्पादनका क्षेत्रमा समेत अघिल्लो कार्यकालका भन्दै धेरै मुद्धा फस्र्योट गरिएको जनाए । त्यस्तै नगरपालिका प्रत्येक शाखाबाट गुणात्मक कार्य भएको बताए ।

नगर प्रमुख लामाले आफु निर्वाचित भएर आउँदा झन्डै ६ करोड घाटा बजेट रहेकोमा सो घाटा बजेट समेत मिलान गरिएको बताए । आफु जनता माझ “गाउँको विकास र बजारको ब्यबथापन“को मुद्धा लिएर गएको भन्दै आङ्खनो पाँच बर्षे कार्यकालमा सो सपना साकार गरेर मात्र बिदा हुने स्पष्ट पारे । उनले समृद्ध नगर बनाउने अभियान, हरेक नगरबासीको मुहारमा मुस्कान भन्ने नगरपालिकाको स्लोगनलाई मुर्तरुप दिने गरि काम भई रहेको नगर प्रमुख लामाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

मध्यवधि समिक्षा गर्दै प्रगतिको जानकारी दिने क्रममा क्षेत्रगत रुपमा भएका कमी कमजोरीहरु पत्ता लगाउन र स्थानीय सरकारको बाँकी कार्याकाललाई थप ब्यबस्थित, परिणाममुखी र उपलब्धीमुलक बनाउने उद्देश्यले मध्यावधी समिक्षा गरिएको बताए । उनले नगरपालिकाको अगुवाईमा योजना तर्जुमा गर्ने, नागरिकका आकांक्षा एवम गाँउठाउँ र बस्तीहरुको सम्भावना तथा आबश्यक्ताका आधारमा विकासका योजनाको पहिचान, क्रियाकलाप निर्धारण एवम श्रोत साधनको विनियोजन गर्ने, उत्प्रेरणा जगाउने, विश्वास दिलाउने र विकास न्याय स्थापित गर्ने कार्यमा नगरपालिका लागि रहेको बताए । भौतिक पुर्वाधार, सडक निमार्ण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सिंचाईं, क्षमता विकास, विभिन्न जातजातीको कला संस्कृती संरक्षण लगायतका क्षेत्रमा नगरपालिकाले उल्लेख्य उपलब्धी हासिल गरेको जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति कार्यालय पुग्यो अर्याललाई सांसद बनाउने सिफारिस पत्र