भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता नरहेको कांग्रेसको ठहर

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डां. प्रकाशशरण महतले भिजिट भिसा प्रकरणमा लेखकको संलग्नता नभएकोमा कांग्रेस बिश्वस्त रहेको बताए । उनले जो यसमा संलग्न छन उनीहरुलाई कारवाही हुनपर्ने पनि बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ ।

उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेका बेला कांग्रेस बैठकले गृहमन्त्री लेखक निर्दाेष रहेको निष्कर्ष निकालेको हो । कांग्रेसका केही नेताहरूले लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा समाजवादीले कटायो ३ हजार अन्तर