Thursday, June 24, 2021
Home बिचार राष्ट्रिय एकता र सहकार्य आवश्यक

राष्ट्रिय एकता र सहकार्य आवश्यक

,

मुलुकको पश्चिमी सीमा क्षेत्रमा रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि वर्षांैदेखि भारतीय पक्षले धावा बोल्दै आइरहेको छ । अहिले फेरि नेपाली भूभागलाई मिचेर लिपुलेक क्षेत्रमा जसरी सडक खनिएको छ, त्यसले भारतको हेपाहा प्रवृत्तिको पुनारावृत्ति भएको छ । मातृभूमिमाथिको आक्रमण कसैका लागि पनि सह्य हुन सक्दैन । चीन, पाकिस्तानलगायतका मुलुकसँग सीमा विवादका कारण पटकपटक लडाइँ गर्दै आइरहेको भारतीय पक्षलाई राम्ररी थाहा हुनुपर्ने हो, आफ्नो मातृभूमि र माटो कति प्यारो हुन्छ भनेर । तर, विडम्बना यी सबै तथ्यलाई बिर्सिएर भारतीय संस्थापन पक्षले पटकपटक नेपाली भूमिमाथि आँखा लगाउनु घोर अनैतिक कार्य हो । नेपालले भारतलाई सधंै असल छिमेकीका रूपमा लिदै आएको छ । तर, भारतीय पक्ष भने नेपालको सोझोपनको फाइदा उठाउन उद्धत भइरहेको देखिन्छ । भारतले के कुरा बुझ्नुपर्छ भने वीर गोर्खालीको गाथा बोकेका नेपाली कमजोर छैनन् । पटकपटक अन्याय र अत्याचार हुन्छ भने सारा नेपाली प्रतिरोध गर्न मोर्चामा आउन पनि पछि पर्नेछैनन् ।

हाम्रो सबैभन्दा ठूलो विडम्बना भनेकै राष्ट्रिय स्वाभिमान र एकताका लागि पनि हाम्रा राजनीतिक दल तथा सम्पूर्ण नागरिक एकजुट हुन सक्दैनन् । राष्ट्रियता तथा नेपाली भूमिमाथि बलात् आक्रमण हुँदा पनि हामी एक दलले अर्को दललाई हिलो छ्याप्ने काम गर्छौं भने आमनागरिक पनि एकमत हुँदै भारतीय पक्षको विरोध गर्न चुकिरहेका छौं । सम्भवतः हामीमा रहेको एकता र सहकार्यको अभावका कारण पनि भारतले हामीमाथि हेपाहा प्रवृत्ति देखाउने गरेको हो । विगतदेखि नै हामी राष्ट्रिय मुद्दामा कहिल्यै पनि एकजुट भएर अगाडि बढ्न सकेनांै । त्यसैले पनि हामी छिमेकी राष्ट्रको दृष्टिमा कमजोर साबित हँुदै आइरहेका छांै । त्यही कमजोरीको फाइदा उठाएर भारतले हजारांै वर्ग मिटर नेपाली जग्गा वर्षांैदेखि अतिक्रमण गर्दै आइरहेको हो । त्यसलाई फिर्ता गर्न नेपाल सरकारले कहिल्यै पनि संवेदनशीलता देखाएन । यसअघि पनि भारतले नेपाली भूमिलाई आफ्नो भूभागमा पारेर नक्सा जारी गर्दासमेत सरकारले सशक्त प्रतिरोध गर्न सकेन । एकदुईवटा पत्र लेखेर ध्यानाकृष्ट त गरायो तर त्यसपछि निरन्तर वार्ता र संवाद गर्न सकेन । सोही समयदेखि नै नेपाल सरकारले भारतीय सरकारलाई अतिक्रमणमा परेको भूमि फिर्ताका लागि निरन्तर सशक्त दबाब दिँदै आएको भए अहिले भारतले फेरि नेपाली भूमि खनेर मानसरोवरसम्म बाटो बनाउने हिम्मत नै गर्न सक्दैनथ्यो ।

त्यसैगरी, सत्तामा रहँदै आएका शासक प्रशासकहरूले यस विषयमा भारतीय पक्षसँग खुलेर डाइलग गर्न सक्ने हिम्मत पनि कहिल्यै देखाएनन् । कहिलेकाहीँ हुने द्विपक्षीय वार्तामा पनि सधैंजसो नेपाली पक्षमाथि भारतीयपक्ष नै हाबी हुँदै आए । भारतीय पक्षसँग संवाद गर्न नसकेर हो या म्याच फिक्सिङ शैलीमा हाम्रा शासकले राष्ट्रघात त गरेका होइनन ? भन्ने आशंका पनि जर्बजस्त रूपमा उठिरहेको छ । नेपाली भूमि र राष्ट्रिय अस्मिता लुटिएको अवस्थामा त्यसको सामूहिक प्रतिरोध गर्नका लागि राष्ट्रिय एकता र सहकार्य अहिलेको अहं आवश्यकता हो । यसको नेतृत्व सरकारले गर्नुपर्छ र सबैको सहयोग जुटाउने वातावरण सिर्जना गर्नुपर्छ । अन्यथा, आगामी दिनमा फेरि पनि नेपाली भूमि यसरी नै लुटिइरहने छ र हामी झन्पछि झन् निरीह हँुदै जानेछांै ।

(Visited 97 times, 1 visits today)
Loading comments...

आजको समाचार

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

फेरी बढ्यो इन्धनको मुल्य, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

  काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल,...

कौशीमा हराभरा तरकारी

काठमाडौँ । २०७२ साल १२ वैशाखमा विनाशकारी भूकम्प गएपछि काठमाडौँ उपत्यकाका घरमा कौसी रित्तो हुन थाले । कौसीमा राखेका गमलाहरु झरेर दुर्घटना हुन सक्ने...

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक दलहरुको यस्तो आयो प्रतिक्रिया

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रको पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

साताका लोकप्रिय समाचार

निषेधाज्ञामा १३ हजार हवाई यात्रु र २३ लाख केजी बढीको कार्गो सेवा

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र तीव्रमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय गत जेठ महिनामा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १३ हजार...

गिटीबालुवा उत्खननमा गम्भीरता जरुरी

  सरकारले ल्याएको २०७८/७९ आर्थिक वर्षको बजेटमा गिटीबालुवा उत्खनन्का लागि सहज हुनेगरी नीति तथा कार्यक्रम बजेटमार्फत ल्याएलगत्तै सर्वोच्चले यसमाथि गम्भीर हुनुपर्ने भनी तत्काल निर्णय कार्यान्वयनमाथि...

अर्थतन्त्रमा साना व्यवसायको योगदान उच्च : गर्भनर

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारले साना तथा घरेलु व्यवसायको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग...

४० हजार घुससहित वन अधिकृत पक्राउ

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृतलाई ४० हजार घुससहित पक्राउ गरेको छ । फर्निचर उद्योगमा चिरानका...

चुस्त प्रशासन जरुरी

निर्वाचनका लागि सरकारले गर्ने विभिन्न तयारीहरूमध्ये प्रशासनिक तयारी सबैभन्दा महŒवपूर्ण र प्रभावकारी हुन्छ । निर्वाचन सम्पन्न गर्ने कार्यकारी भूमिका मूलतह प्रशासन संयन्त्रको रहन्छ ।...

ट्रेन्डिङ

माइती गाउँ पुगेर हरिदेबीले गाइन् पाइन खबर…

लमजुङ । लमजुङको पहिचान र गौरवको रुपमा रहेको तर लोपोन्मुख अवस्थामा पुगेको ठाडोभाका संरक्षणका लागि नेपाल संगीत तथा नाट्य प्रतिष्ठान र ठाडोभाका लोककला प्रतिष्ठान...

चेल्सी र टोटनह्याम बराबरी, युनाईटेडको जीत

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको लण्डन...

किसानलाई क्रेडिट कार्ड, २ सय शीतभण्डार निर्माण गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा किसानलाई क्रेडिट कार्ड वितरण गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै...

मुख्यमन्त्रीले लिए शपथ, चार सदस्यीय मन्त्रिमण्डल विस्तार

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष उनले शनिबार राति पद तथा गोपनीयताको...

प्रतिनिधिसभा विघटन विरूद्धमा सर्वाेच्चमा २५ रिट

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्च अदालतमा २५ रिट पेस भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धमा आइतबार...

पहिराले घर पुरिँदा दुई बालकको मृत्यु

बलेवा । जिल्लाको निसीखोला गाउँपालिकामा घर माथिबाट आएको पहिराले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–५ बस्ने हिराबहादुर विकका १४ वर्षीय...

प्रदर्शन स्थगन गर्न साझा पार्टीको आग्रह

काठमाडौं । साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन...

कर्णाली प्रदेशमा मुख्यमन्त्री फेरिने संकेत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । नेपाल...

विवादबीच जसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक कात्तिक पहिलो हप्ता बस्ने भएको छ । विवादबीच बस्न लागेको कार्यकारिणी समितिको बैठकले महŒवपूर्ण...

पहिले र अहिले, कुन हो अयोध्या ?

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको पछिल्लो अभिव्यक्ति अहिले बहस र चर्चाको विषय बनिरहेको छ । सोबारे उत्पन्न मत भिन्नता तथ्ययुक्त हो-होइन ? भनी...

इटहरीमा योजनाबद्ध हत्याका घटना !

इटहरी । १६ चैत्र ०७७ मा इटहरी २ स्थित घरमै सुतिरहेको अवस्थामा केशव कार्कीको भाला प्रहारबाट हत्या भयो । सोही ठाउँका ५१ वर्षीय कान्छा...

कोरोना घटेपछि बलिउडकर्मी आशावादी

मुम्बई । दुई महिनादेखि कोरोनाको महामारीले जकेडिएको बलिउड नगरी मुम्बईमा दुई साता यताबाट कोरोनाको प्रभाव केही कम भएको छ । कोरोनाको महामारी बढेपछि त्यहाँ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)