‘गणतन्त्र बलियो बनाउन दल सुध्रनुपर्छ’

इलाम । राजनीतिक दल नसुध्रने हो भने गणतन्त्र बलियो नबन्ने इलामका सरोकारवालाहरूले बताएका छन् । १८ औ गणतन्त्र दिवसको अवसरमा इलाम सदरमुकाममा आयोजित राज्य र नागरिक बिचको छलफल कार्यक्रममा सहभागीहरूले दलहरू नसुध्रने हो भने गणतन्त्र बलियो नहुने बताएका हुन ।

जनताको काम गर्ने भनेर राजनीतिलाई पेसा बनाउने गरेको र जितेर गएकाहरू आफूखुसी काम गर्ने प्रविृतिका कारण गणतन्त्र बलियो बन्न नसकेको बताए । नागरिकले पनि गलत बाटो हिँड्ने प्रतिनधिहरुलाई खबरदारी गर्न चुकेको कारण नेतृत्वले मनोमानी गरेपछि व्यवस्था माथि नै प्रहार हुन थालेको सरोकारवालाहरूको जोड छ ।

सुशासनको नारा बोकेर व्यवहारमा भ्रष्टाचार र अनियमितता हुने गरेको र दलहरू सक्ता केन्द्रित हुने अनि न्यायमा समेत राजनैतिक हस्तक्षेप हुने गरेको कारण जनतामा वितृष्णा देखिन थालेको मरव क्याम्पस इलामका शिक्षक मनकुमार बराइली बताउँछन् । उनले राष्ट्रिय मुद्रामा समेत दलहरू विभाजित बन्ने गरेको भन्दै आर्थिक वृद्धिदर न्यून बन्नु, परनिर्भरता मा सीमित बन्नु र युवा पलायन हुनु राम्रो नभएको भन्दै न्यायमा सबैको पहुँच र जीवन स्तरमा सुधार हुनुपर्ने बताए ।

खुला छलफलमा सहभागी विष्णु घिमिरेले राजनैतिक दलहरू एकले अर्कालाई सक्न लागि परिरहेको कारण पनि असन्तुष्टि बढी रहेको भन्दै व्यवस्था यो भन्दा राम्रो कुनै नभएको तर सोच परिवर्तन गर्नुपर्ने बताए । उनले जहाँ सुविधा छ त्यहाँ बसाइसराइ हुन्छ भन्दै पहाडका मान्छे सुविधा खोज्दै तराई सरेको भन्दै स्वास्थ्य, शिक्षा र रोजगारीको सृजना गाउँमा हुने हो भने सुविधा खोज्न जानुपर्ने बताए ।

राम रिमालले गाउँ गाउँमा सिंह दरबार भने पनि भ्रष्टाचार बढेको भन्दै स्थानीय तहमा सुशासन नभएको र नेताको दोहोरो चरित्रका कारण व्यवस्थामाथि प्रश्न उठ्ने गरेको बताए । गणतन्त्र जनतालाई पढाइयो तर नेताले पढेनन् र श्री पेज बिनाका राजाले स्थानीय तहमा स्रोत र साधनको दुरुपयोग बढेको उनको भनाई छ । समानुपातिक प्रणालीमा आफन्त बाहेक अरू नदेख्ने र आवाज विहीनको आवाज दबेको दबिने भएको भन्दै नेतामा जनचेतनाको कमी रहेको बताए ।

इलाम नगरपालिकाका जय नारायण भट्टराईले गणतन्त्र प्राप्तिको १८ वर्ष बित्दा पनि सहज नभएको भन्दै अझै पनि आन्दोलन नै चर्किरहेको बताए । विकास नभएको हैन भइरहेको छ तर पहुँचका आधारमा विकास हुने गरेको कारण पनि बसाइसराइ बढी रहेको बताए । खेती योग्य जमिन बाँझो छन्, युवा विदेशमा छन् भएको खेती पनि जङ्गली जनावरको कारण समस्यामा रहेको भन्दै जिल्लामा स्वास्थ्यमा पहुँच नहुँदा तराई पुग्नुपर्ने बाध्यताका कारण बसाइसराइ बढी रहेको बताए ।

तारानाथ पराजुलीले जनताको छोराछोरी राज्यको प्रमुख बन्ने व्यवस्था संरक्षण गर्न ध्यान नपुगेको बताए । जनताको काम गर्ने भनेर गएको व्यक्ति खराब बाटोमा लागे भने खबरदारी जनताले गर्नुपर्ने भन्दै सुशासन र आर्थिक विकास अनि दलहरूको दोहोरो चरित्रले १८ वर्षपछि पनि व्यवस्था माथि प्रश्न उठ्ने गरेको बताए । राजनीति सेवा नभएर पेसा बनेको कारण पनि राजनीति प्रति असन्तुष्टि बढेको हो ।

जस बहादुर लुङ्गेलीले स्थानीय सरकारका प्रमुख र उप प्रमुखले गति छाडे भने ठेगान लगाउने कोही नभएको बताए । उनले गाउँमा रहेका बाँझो जग्गा सरकारले किनेर सामूहिक खेतीको व्यवस्था गर्नुपर्ने बताए । उनले सरकारी विद्यालयमा पढाई राम्रो हुने र स्वास्थ्य सुविधामा पहुँच पुग्ने हो भने यही व्यवस्था राम्रो भन्न थाल्छन् तर जन अपेक्षा अनुसार काम नहुँदा व्यवस्था नराम्रो भन्ने गरेको बताए ।

उच्च बारका उपाध्यक्ष लोक बहादुर तामाङले हामी काम गर्दैनौ अनि व्यवस्थालाई गाली गर्छौ, खान नपुगेर हैन एक पटक पुगेर आऊ न भनेर घुम्न गएको भन्दै घरमा काम नगर्ने अनि घर राम्रो खोज्ने भन्दै पहिले आफै सुध्रिनु पर्ने बताए ।

जिल्ला समन्वय समितिको सभा हलमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जय प्रकाश राई, इलाम नगरपालिका उप प्रमुख विष्णु दाहाल, नेकपा एमाले इलामका अध्यक्ष गणेश बराल, नेपाली काँग्रेस महासमिति सदस्य होम दुलाल, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, मानव अधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा गैर सहकारी संस्था महासङ्घका अध्यक्ष भक्त थामीले गणतन्त्र बलियो बनाउन सबै एक भएर लाग्नुपर्ने बताए । गण्तन्त्र दिवस मूल समारोह समिति, मानव अधिकार एलाइन्स, मानव अधिकार मञ्च र गैर सहकारी संस्थाको संयुक्त आयोजनाका कार्यक्रम आयोजना गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका: स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै