एनभिए लिगमा पुलिस र हेल्प नेपाल च्याम्पियन

पोखरा । नवौं पिएम कप एनभिए भलिबल लिगमा नेपाल पुलिस क्लब र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब च्याम्पियन बनेका छन् ।

नेपाल भलिबलको संघको आयोजनामा बिहीबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा महिलातर्फ फाइनलमा पुलिसले न्यु डायमण्डलाई ३–१ सेटले पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको हो । अपराजित पुलिसले फाइनलमा पहिलो सेट २५–२० मा आफ्नो पक्षमा पारेकोमा दोस्रो सेट डायमण्डले २५–२२ सेटले जितेर बराबरी खेलेको थियो ।

तेस्रो सेटमा पुलिसले २८–२६ र चौंथो सेट २५–१४ मा सहजै जित हासिल गरी उपाधि रक्षा गर्न सफल भएको हो ।

लिग चरणमा पनि पुलिसले डायमण्डलाई सोझो सेटमै हराएको थियो । लिगका ५ खेलमा पुलिस अपराजित रहँदै १४ अंकका साथ शीर्ष रहँदै फाइनल यात्रा तय गरेकोमा डायमण्डले ४ जित र १ हारसहित १४ अंकका साथ दोस्रो हुँदै उपाधि भिडन्त कायम गरेको हो । महिलातर्फ एभरेष्ट भलिबल क्लब तेस्रो र एपिएफ चौथो भए । तेस्रो स्थानको खेलमा एभरेष्टले ३–१ को जित हासिल गरेको हो । महिलातर्फ विजेता पुलिस र उपविजेता न्यू डायमण्ड काभा महिला क्लब च्याम्पियनसिपमा छनोट भए ।

यस्तै, पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबले घरेलु टिम गण्डकी प्रदेशलाई ३–२ सेटले हराउँदै उपाधि रक्षा गरेको छ । साविक विजेता हेल्प नेपालले यो जितसँगै माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपमा पनि छनोट हुने अवसर पायो ।

रोमाञ्चक प्रतिस्पर्धामा सुरुआति २ सेट जिते पनि घरेलु टिम बाँकी सेटमा चुक्दा यसपालि पनि उपविजेतामै सीमित भयोे । हेल्प नेपालले २५–२२, २५–१४ र १५–८ को सेटमा जित हासिल गरेको हो । गण्डकीले २५–२० र २७–२५ सेटसहित उत्कृष्ट सुरुआत गरेको थियो । दुवै टिमले ३–३ जना पाकिस्तानी खेलाडीसहित कोर्ट उत्रिएका थिए ।

लगातार तेस्रोपल्ट उपाधि जितेको हेल्प नेपालले यसअघि तेस्रो र पाँचौंै संस्करणसहित हालसम्म पाँचपल्ट च्याम्पियन भएको छ । पुरुषतर्फ पुलिस तेस्रो भयो । उसले आर्मीलाई ३–१ सेटले पराजित गरेको हो ।

राजधानी काठमाडौंबाहिर पहिलोपल्ट पोखरामा भएको प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमले भाग लिएका थिए ।

दुवैतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गरेको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उदयपुरमा करेण्ट लागेर किशोरीको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाणगंगाका जनप्रतिनिधिहरुले सपथसँगै पदभार ग्रहण