कांग्रेस नेता आलमलाई सफाइ दुई न्यायाधीश बिरुद्ध न्यायपरिषदमा उजुरी

काठमाडौं । रौतहटमा बम बिष्फोट र इटाभट्टामा मानिसलाई जीउँदै जलाएको आरोप लागेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई सफाई दिने न्यायाधीश बिरुद्ध कारवाहीको माग गर्दै न्याय परिषद्मा उजुरी परेको छ ।

युवराज पौडेल सफलले आलम लगायत रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरुमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी दिएका हुन् । पौडेलले फैसला गर्ने न्यायाधीशहरु डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनमाथि छानबिन गर्नुपर्ने माग राखी परिषदमा निवेदन दिएका हुन् ।

गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बम विस्फोटबाट घाइतेहरुलाई ज्युँदै इँटाभट्टामा पोलेको आरोप खेपेका आलम लगायतलाई सफाइ दिने फैसला गरेको थियो ।उजुरीमा पौडेलले उच्च अदालतको संयुक्त इजलासका न्यायाधीशद्वय थारु र महर्जनले आलमलाई सफाइ दिने गरी गरेको फैसलाले पीडितलाई अन्याय पुर्‍याएको र अब न्यायिक प्रक्रियामै अवरोध सिर्जना भएको उल्लेख गरेका छन्।

जिल्ला अदालत रौतहटले २०८१ वैशाख १३ गते आलम सहितलाई जन्‍मकैदको फैला गरेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे भगवतिमाईमा माओवादीका थापा अध्यक्षमा,उपाध्यक्ष काँग्रेसकी खड्का विजयी