काठमाडौं । मनराम केसी स्मृति तेक्वान्दो समाजका ३७ खेलाडीलाई शनिबार पदक वितरण गरियो । समाजका संस्थापक महेश केसीको एकल पहलमा आयोजित कार्यक्रममा अखिल नेपाल तेक्वान्दो एकेडेमीसँग आबद्ध अदभूत आनन्दनाथ तेक्वान्दो डोजाङको उद्घाटनसमेत गरियो ।
बुढानीलकण्ठ नगरपालिका–११ मा आयोजित पदक वितरण कार्यक्रममा राजनीतिज्ञ नरोत्तम बैद्य प्रमुख अतिथि एबम बिशेष अतिथि आरुवारीस्थित अरुणोदय माविकी पूर्वसहायक प्रधानअध्यापिका रिता रायमाझी, अखिल नेपाल तेक्वान्दो एकेडेमी एन्टाका अध्यक्ष तथा अन्तरास्ट्रिय रेफ्री एबम् प्रशिक्षक अनुयाज गौतम, बौद्ध तेक्वान्दो डोजाङ्गका चर्चित खेलाडी एबम प्रशिक्षक कुमार लामा, अवकास प्राप्त प्रहरी नायव उपरिक्षक नबिन क्षेत्रीलगायतको उपस्थिति थियो ।



तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)