कांग्रेस निकट कर्मचारी युनियनले सभापति देउवालाई भेटेर के सुझाव दियो ?

काठमाडौं । नेपाली कांग्रेसमा आस्था राख्ने कर्मचारी युनियनले पार्टी सभापति शेरबहादुर देउवासँग आइतबार भेट गरेका छन् । सभापति देउवा निवास पुगेर उनीहरुले भेट गरेका हुन् । भेटमा सभापति देउवालाई निजामति विधेयकमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् । निजामति कर्मचारी विधेयकमा केही विषय सुधार गर्न सभापति देउवालाई उनीहरुले भेटेका हुन् ।

युनियनका कर्मचारीले अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउँदा ६ महिनादेखि २ वर्षको संक्रमणकाल दिनुपर्ने, अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने, १२ वर्ष सेवा पुगेका कर्मचारीको एक तह बढुवा गर्नुपर्ने, उपसचिव र सहसचिवको परीक्षामा हालकै ५ वर्षे सेवा अवधि कायम राख्नुपर्ने र निजामति कर्मचारीको परिभाषामा तीनै तहका कर्मचारी समेट्नुपर्ने सुझाव बुझाएको बुझिएको छ ।

हाल राज्य व्यवस्था समितिबाट पारित भई संसद्को पूर्ण बैठकमा पुगेको यो विधेयकमा देउवाले संसदमार्फत संशोधनका लागि प्रयास गर्ने आश्वासन दिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
१२ स्थानीय तहको मतपरिणाम सार्वजनिक (सूचीसहित)