मुम्बई । अभिनेता आमिर खान तेस्रो पटक दुलाहा बन्ने तयारीमा छन् । दोस्रो पत्नी किरण रावसँग सम्बन्ध विच्छेद गरेपछि केही वर्ष यताबाट पटक पटक विवादमा आएका उनी गौरी स्प्राटसँग अहिले ‘लिभिङ रिलेसन’मा छन् ।
दुई महिना अघि आफ्नो नयाँ प्रेमिकाको रूपमा गौरी स्प्राटलाई सार्वजनिक गरेपछि उनको विवाहको चर्चा चल्न थालेको छ । उमेरले ६० वर्ष पुगिसकेका अभिनेता आमिर खानले एउटा कार्यक्रममा सञ्चारकर्मीद्धारा सोधिएको प्रश्नमा आफू तेस्रो पटक बेहुला हुन तयार रहेको बताएका छन् ।
अहिले उनी नयाँ चलचित्र सितारे जमिन परको प्रचार प्रसारमा केन्द्रित छन् । चाँडै रिलिज हुने यो चलचित्रको प्रचार प्रसारमा आमिरलाई गौरीले पनि साथ दिइरहेकी छिन् । प्रचार कार्यक्रममा यी दुबै सँगै जाने गरेका छन् । यही यात्राको क्रममा आमिरसँगै सञ्चारकर्मीले तेस्रो दुलहा हुने’bout राखेको रमाइलो जिज्ञासामा यी अभिनेताले दुलाहा बन्न कुनै समस्या नरहेको बताएका हुन् ।
विभिन्न कारणले पहिलो र दोस्रो पत्नीसँग छुट्नु परेको कुरा सबैलाई जानकारी भएको पनि उनले जनाए । जीवनलाई नयाँ अध्यायबाट अघि बढाउन आफूलाई गौरीले यति बेला साथ दिइरहेको पनि उनले बताए । त्यसैले गौरीसँग बेहुला भएर तेस्रो विवाह गर्दा त्यसलाई ठुलो रुपमा लिनु नहुने उनको कथन थियो ।
तथापि यी अभिनेताले आफूहरूले कहिले विवाह गर्ने भन्ने ’bout स्पष्ट पारेका छैनन् । आफूहरू दुलाहा दुलही बन्न सक्ने कुरा मात्र यी अभिनेताले बताएका छन् । विवाहको लागि भने उचित समय आउनु पर्ने आमिरको कथन छ । त्यो समय आएपछि बताउने रमाईलो जवाफ दिन पनि उनी पछि परेनन् ।






