उदयपुर । ढुसी परेको पाउरोटी किन बिक्री गरेको भन्दा गाईघाटका एक पसलबालाले ग्राहकलाई निर्घात कुटेका छन् । त्रियुगा नगरपालिका– ११ पुरानो गाईघाटका सुभनारायण ठाकुर (बेनी) लाई सोमवार पसलमै कुटपिट गरिएको हो । ठाकुरलाई छिमेकी रमितलाल चौधरीका छोरा २१ बर्षिय प्रसान्त चौधरी र त्रियुगा नगरपालिका–१२ बुद्ध चोकका ३० बर्षिय सन्जु चौधरीसमेतले कुटपिट गरेका हुन् ।
कुटाई खाने ठाकुर नानीका लागि भनेर बिहान पाउरोटी लिन पसल गएका थिए । पसलमा जाँदा ढुसी परेको पाउरोटी फेला पारेपछि पत्रकारलाई फोटो खिचेर पठाएका थिए । सो फोटोसँगै पसलमा पत्रकारसहित पुगेका ठाकुरले यस्तो गुणस्तरहिन सामाग्री बेच्न नहुने भन्दे सुझाएका थिए ।
पसले र ठाकुरबीच सामान्य छलफलपछि फ्याक्ट्रीलाई कारबाही गर्नुपर्छ भन्दै हिड्न लाग्दा पछाडीबाट प्रशान्त चौधरीलगायतका व्यक्तिहरुले एक्कासी कुटपिट गरेका थिए । उनले पसलमा ढुसी परेको पाउरोटी किन बिक्री गरेको भन्दा कुटाई खाएका हुन । तर उनलाई पसलकै भतिजा पर्ने प्रसान्त चौधरीले निर्घात कुटपिट गरेका हुन् ।
पत्रकार लिएर गएको भन्दै ति व्यक्तिले ठाकुर माथी निर्घात कुटपिट गरेका थिए । किन बाठो भईस भन्दै उनी माथी अचानक हातपात भएको हो । कुटपिटको क्रममा ठाकुरको आँखा माथी, गाला र नाँखमा चोट लागेको छ ।
उनको अनुहार पूर्ण रुपमा सुन्नीएको छ । उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भई रहेको छ भने कुटपिट गर्नेहरु माथी जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिइएको छ । त्रियुगा नगरपालिका– ५ देउरीमा उत्पादित पाउरोटी सडेको अवस्थामा त्यस पसलमा फेला परेको थियो । सो पाउरोटी उदयपुर पाउरोटी बेकरी देउरीको रहेको पाईएको छ ।
पाउरोटीमा डेट रहेको भए पनि भित्र सबै कुहिएको र ढुसी परेको थियो । पाउरोटीमा डेटहरु पनि क्लियर छैन । चौधरीका अनुसार फ्याक्ट्रीबाटै ढुसी परेको पाउरोटी आफुहरुलाई छाडेको जनाए । आफुले पनि ख्याल नगरी दिँदा सिल प्याक पाउरोटीमा ढुसी परेको थाहा पाएको जनाए ।
सिल प्याक रहेको पाउरोटीमा ढुसी परेको ’bout ग्राहकले आफुलाई देखाउँदा मात्रै थाहा पाएको संञ्चालक चौधरीको भनाई छ । यता फ्याक्ट्रीले भने गर्मीका कारण चाँडै ढुसि परेको हुन सक्ने जनाए । पसलले पनि थाहा नपाएर बिक्री गरेको हुन सक्ने उनको भनाई छ । तर बासी र डेट नाघेको पाउरोटी आफुहरुले फिर्ता गर्ने गरेको जनाए ।