क्यानडाका सभामुख काठमाडौंमा

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा आएका क्यानडा माथिल्लो सदन सिनेट सभामुख जर्ज जे फ्युरीले आज प्रधानमन्त्री केपी ओली शर्मासँग भेटघाट गर्दै छन् । उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सोमबार नै भेटवार्ता गरेका छन् । आज प्रधानमन्त्री र शिक्षामन्त्रीसँग भेट गर्ने कार्यक्रम रहे पनि प्रतिनिधिसभा सभामुख अग्नि सापकोटासँग भने भेट गर्ने कार्यक्रम बनाइएको छैन ।

क्यानडा संसदीय प्रतिनिधमण्डको नेतृत्व गर्दै सभामुख जर्ज जे फ्युरी सोमबार बिहान नेपाल आइपुगेका हुन् । उनले सोमबार नै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग भेटवार्ता गरे । फ्युरी नेतृत्वको टोलीले राष्ट्रियसभा बैठकको विशिष्ट कक्षमा बसी बैठक सञ्चालन अवलोकन गरेको छ । संघीय संसद् सचिवालयले सञ्चारमाध्यमलाई उपलब्ध गराएको भेटघाट विवरणमा फ्युरीले सभामुख सापकोटालाई भेट्ने कुनै कार्यक्रम छैन ।

फ्युरीले आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेटवार्ता गर्नेछन् । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको हो ।

तिमिल्सिनाको निमन्त्रणामा दुई दिने भ्रमणमा आएका फ्युरीसँगको भेटवार्तामा नेपाल र क्यानडाबीच कूटनीतिक सम्बन्ध, मित्रता, समझदारी, संसदीय सहकार्यलगायतका विषयमा कुराकानी भएको छ । तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशीय सम्बन्ध र सहकार्य बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘दुई देशबीच संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो,’ उनले भने, ‘आशा गर्दछु, भविष्यमा दुवैतर्फबाट यस किसिमका भ्रमणको निरन्तरता हुनेछ ।’

तिमिल्सिनाले दुवै देशका संसद्मा ‘संसदीय मैत्री समूह’ गठन भएकामा खुसी व्यक्त गरे । ‘संसद्मैत्री समूहले दुई देशका संसद्बीचको सम्बन्ध प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछन्,’ उनले भने, ‘नेपालमा राजनीतिक अस्थिरता अन्त्य भई आर्थिक विकास र समृद्धि हासिलको बाटोमा लागेको छ । हामीले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्य लिएका छौं ।’

सरकारको प्राथमिकता कृषि अधुनिकीकरण, जलविद्युत्, पूर्वाधार विकासलाई तीव्रता दिने, पर्यटन सम्भावनालाई मूर्तरूप दिने र यसका लागि मानव संशाधन विकास विषयमा सक्रिय रहेको जानकारी तिमिल्सिनाले गराए । नेपालका यी प्राथमिकता र उद्देश्यमा क्यानडालगायत अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोग अपेक्षा गरिएको पनि उनले बताए ।

क्यानडाको उपल्लो सदन (सिनेट) सभामुख फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वसाथ लिइएको बताए । ‘नेपाल एकात्मक राज्य प्रणालीबाट संघीय राज्य भएको हो,’ उनले भने, ‘यसका चुनौती’bout क्यानडा जानकार छ ।’

क्यानडा पनि संघीय मुलुक भएको बताउँदै फ्युरीले नेपाल विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । ‘नेपालले पर्यटनलाई उच्च प्राथमिकता दिएको छ,’ उनले भने, ‘पर्यटनसँगै जलविद्युत्, वायु र सौर्य ऊर्जा विकासमा हाम्रा तर्फबाट सहयोग हुनेछ ।’

सापकोटासँग भेट्ने कार्यक्रम नै छैन
सभामुख सापकोटामाथि २०६२ सालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्यामा संलग्न रहेको आरोप छ । उनीविरुद्धको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । सापकोटालाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै चार अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाले द्वन्द्वकालीन मुद्दा’bout अन्तर्राष्ट्रिय मञ्चमा जनाएको प्रतिबद्धताप्रति सरकार प्रतिबद्ध हुनुपर्ने बताउँदै आएका थिए ।

अन्तर्राष्ट्रिय अधिकारवादी संस्था इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले विज्ञप्ति निकालेर सभामुख सापकोटामाथि पूर्ण र स्वतन्त्र अनुसन्धान नहुन्जेलसम्म सभामुखका रूपमा उनको मनोनयन पुनर्विचार गर्न आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९