मुम्बई । यति बेला भारतसहित विभिन्न देशका चलचित्र घरमा दक्षिण भारतीय अभिनेता कमल हासनको चलचित्र ‘ठग लाइफ’ प्रदर्शन भइरहेको छ । यो चलचित्र रिलिजसँगै यति बेला यसको विवाद पनि चलिरहेको छ । मूल तामिल भाषामा निर्माण भएको यो चलचित्र चलचित्र कर्नाटकमा रिलिज एक हप्ताको लागि स्थगित गरिएको छ । यो चलचित्रको प्रचार कार्यक्रममा कन्नड अभिनेता कमल हासनले तामिल भाषालाई अवमूल्यन गरेको आरोप उनीमाथि लागेको छ ।
कमल हासनले चलचित्रको गीत रिलिजको क्रममा एक प्रमोशनल कार्यक्रममा कन्नड भाषा तमिलबाट उत्पन्न भएको बताएका थिए । यसको जवाफमा, कर्नाटक फिल्म चेम्बर अफ कमर्सले कमल हासनको चलचित्र कर्नाटकमा रिलिज गर्न नदिने घोषणा गरेको हो । यो आरोप पछि यस विषयले उग्र विवादको रूप लिएको थियो । जसका कारण यो विवादको विषय अदालतमा पुगेको छ । विवाद बढेकै कारण राजकमल प्रोडक्सनले कर्नाटक उच्च अदालतमा चलचित्र रिलिज स्थगित गर्ने घोषणा समेत गरेको हो । आफूमाथि भाषिक अपमानको आरोप लगाएपछि अभिनेता कमल हासनले कर्नाटक फिल्म चेम्बर अफ कमर्सलाई एक पत्र पठाउँदै कन्नड भाषाको सम्मान व्यक्त गरेका छन् । चेम्बरले कुनै जवाफ यस’boutमा उनलाई पठाएको छैन । यो चलचित्र निर्माता र निवेदक राजकमल प्रोडक्सनले फिल्म चेम्बर अफ कमर्ससँग कुरा गर्न एक हप्ताको समय मागेका छन् ।
विवाद मुद्दाको रूपमा अदालतमा दर्ता भएपछि यस मुद्दाको सुनुवाइको क्रममा न्यायाधीश एम. नागाप्रसन्नले कमल हासनलाई आफ्नो भनाइको लागि माफी माग्न सल्लाह दिएका थिए । उनले मंगलबार दिउँसो यस मुद्दाको सुनुवाइमा पनि यही कुरा दोहो¥याउँदै यस्तो सुझाव दिएका हुन् । न्यायाधीश नागाप्रसन्नले आफ्नो निर्णयमा कमल हासनले कर्नाटक फिल्म चेम्बर अफ कमर्सलाई पत्र लेखेको बताए पनि सो पत्रमा माफी भन्ने शब्द कतै छैन । सोही कारण यस मुद्दाको अर्को सुनुवाइ जुन १० मा गरिने उनले निर्णयको क्रममा भनेका छन् ।
यही कारण अभिनेता कमल हासनले यति बेला कन्नड भाषा सम्बन्धी विवादास्पद टिप्पणीको लागि सो प्रदेशमा विरोधको सामना गरिरहेका छन् । उनीसँगै चलचित्र ठग लाइफले पनि ठुलो विरोधको सामना गर्नु परेको छ । यही कारण बिहीबार यो चलचित्र कर्नाटक राज्यमा रिलिज हुन सकेन । कर्नाटक बाहेक सबै ठाउँमा रिलिज भएको छ । यो जस्तै यस अघि अरू पनि भारतीय चलचित्रहरू विवादमा परेका कारण विभिन्न देशमा प्रदर्शनीमा रोक समेत लगाइएको थियो । जसको चर्चा यहाँ गरिएको छ ।

बम्बई
मनीषा कोइराला र अरविन्द स्वामी अभिनीत बलिउड चलचित्र ’बम्बे’ सन् १९९५ मा रिलिज भएको थियो । यो चलचित्रले हिन्दु–मुस्लिम जोडीको कथा प्रस्तुत गरेको थियो । यस चलचित्रमा उनीहरूले कसरी साम्प्रदायिक दंगाको सामना गर्नुपर्छ भन्ने विषयलाई उठान गरेका थियो । जसका कारण चलचित्र भारतमा विवादमा परेको थियो । मुस्लिम समुदायले यो चलचित्रको व्यापक विरोध गरेका थिए । विवादास्पद सामग्रीका कारण सिंगापुर सरकारले त यसलाई प्रदर्शनीमा प्रतिबन्ध समेत लगाएको थियो।

फिजा
खालिद मोहम्मदको निर्देशनमा रोमान्टिक–थ्रिलर जनराको चलचित्र ‘फिजा’ सन् २००० मा रिलिज भएको थियो । रिलिज पछि यो चलचित्र पनि विवादमा परेको थियो । यो चलचित्रमा ऋतिक रोशन, करिश्मा कपूर र जया बच्चन मुख्य भूमिकामा प्रस्तुत भएका थिए । चलचित्रमा अभिनेता ऋतिक आतंकवादप्रति आकर्षित भएको देखाईएको थियो । चलचित्रले आतंकवादलाई प्रोत्साहन गर्ने कथा प्रस्तुत गरेको भन्दै भारतमा पनि यसको विरोध भएको थियो । सोही क्रममा यो चलचित्रलाई मलेसियामा त्यहाँको सरकारले रिलिज गर्न दिए । यसले आतंकवादको ’boutमा गलत सोच देखाएका कारण मलेसियामा प्रतिबन्ध लगाउनु परेको त्यहाँको सेन्सर बोर्डले जनाएको थियो ।

एक था टाइगर
सलमान खान र क्याट्रिना कैफ अभिनीत ’एक था टाइगर’ सन् २०१२ मा रिलिज भएको थियो। यो प्रेमकथामा आधारित चलचित्र थियो । यो चलचित्रमा भारत–पाकिस्तानका दुई गुप्तचर एजेन्टहरू बिचको प्रेमकथा प्रस्तुत गरिएको थियो । यो चलचित्रको कथा प्रति भारतीय गुप्तचर विभागको ध्यान आकर्षण भएको त्यो विभागले जनाएका थियो । उता त्यति बेला भारत–पाकिस्तानको आन्तरिक द्वन्द्व जारी रहेका कारण पाकिस्तानमा यो चलचित्र प्रदर्शनमा प्रतिबन्धित गरिएको थियो ।

ओह माई गड
२०१२ मा रिलिज भएको परेश रावल र अक्षय कुमार अभिनीत चलचित्र ‘ओह माई गड’ भने त्यति बेला धार्मिक विवादमा फसेको थियो । यस चलचित्रमा अभिनेता परेश रावलले अदालतमा भगवान विरुद्ध मुद्दा दायर गरेको कथा उल्लेख थियो । उनले सो मुद्दामा आफ्नो क्षतिको लागि भगवानबाट क्षतिपूर्ति माग समेत गरेको दृश्य थियो । यो चलचित्र भगवान् र हिन्दु धर्म विरुद्ध देखाइएको भन्दै धार्मिक संस्थाहरूले भारतमा यसको व्यापक विरोध गरेका थिए । केहीले चलचित्रको प्रदर्शन रोक्न अदालतमा उजुरी पनि दर्ता गरे । सुरु मै सेन्सर पास भएका कारण विवादहरूको बाबजुद पनि चलचित्रको प्रदर्शनी रोकिएन र चलचित्र ओह माई गडले बक्स अफिसमा राम्रो व्यापार ग-यो ।

उडता पन्जाब
अभिषेक चौबे निर्देशित चलचित्र ‘उडता पन्जाब’ सन् २०१६ मा रिलिज भएको थियो । यो चलचित्रले पन्जाबमा बढ्दो लागू औषधको लत देखाएको थियो । यो चलचित्रमा प्रस्तुत कथाले पन्जाब राज्यको छवि बिगारेको आरोप लगाइएको थियो । जसका कारण यसका धेरै दृश्यहरू काटेर रिलिज गरिएको थियो । तर पनि केही दिन पन्जाबमा यसको रिलिज रोकियो । यसमा अभिनेता शाहिद कपूर मुख्य भूमिकामा थिए । केही अपमानजनक शब्दहरूका कारण पाकिस्तानमा यसलाई प्रतिबन्ध लगाइएको थियो ।