काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक सय ३४ पुगेको छ । सोमबार एकैदिन थप २४ जनामा कोरोना पोजेटिभ देखिएसंगै संक्रमितको संख्या एक सय ३४ पुगेको हो ।
सोमबार थपिएका संक्रमितहरु बर्दिया, कपिलबस्तु, रुपन्देहि र सप्तरीका हुन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरु मध्ये अधिकांश २० देखि ५० वर्ष उमेर समुहका छन् ।