मधेशमा छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा

महेन्द्रनगर (धनुषा) । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै आलोपालोको सहमतिअनुसार छिट्टै काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताए। “आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, काँग्रेस नेतृत्वमा सरकार बन्छ”, उनले भने ।

त्यस अवसरमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेस प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुर २ फेरी अग्रता बढाउँदैं कांग्रेसका दुर्लभ थापा