पोखरामा पहिलोपल्ट राष्ट्रियस्तरको इन्डोर आर्चरी

पोखरा । राजधानीबाहिर पहिलोपल्ट पोखरामा आर्चरीको राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप सुरु भएको छ । सातौं संस्करणको सो प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु भएको हो । २ दिनसम्म चल्ने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरे ।

प्रतियोगितामा तीन विभागीय टोली, कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका दुई टिम गरी कुल ७ टिमका ७० जना खेलाडीले भाग लिएका छन् । तीमध्ये महिला खेलाडी २२ र पुरुष ४८ जना हुन् ।

रिकर्भ महिला÷पुरुष, रिकर्भ टिम इभेन्ट, रिकर्भ मिक्स इभेन्ट, कम्पाउण्ड महिला÷पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड महिला÷पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड मेन्स टिम इभेन्ट र मिक्स इभेन्ट गरी कुल १० इभेन्टमा १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले जानकारी दिए ।

राखेप र प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोग तथा नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा एकसे एक खेलाडीले बो र एरो समात्दा निकै सुन्दर दृश्य देखिएको थियो ।

यसैबीच, पहिलो दिन ¥याङ्किङ राउण्डका खेलहरू सम्पन्न भए भने केही खेल इभेन्टमा गण्डकीले काश्य पदक हात पारेको छ ।

आर्चरी संघ गण्डकीका अध्यक्ष किशोरकुमार गुरुङले आर्चरी खेलको ग्रासरुटबाटै विकासका लागि स्कुलमा छिर्नुपर्ने बताए । उनले भने, ‘स्कुल नपसेसम्म तल्लो तहबाट खेलको विकास हुन सक्दैन । युवा पनि हामीहरुले पाउँदैनौं ।’

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जन्तेढुङगा गाँउपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका राई निर्वाचित