मञ्जुश्री बाटिकामा सरसफाइ र वृक्षारोपण

काठमाडौं । बुढानीलकण्ठ–११ कपन पैयाँटारमा रहेको मञ्जुश्री सरस्वती बाटिकामा सरसफाइ र वृक्षारोपण शनिबार सम्पन्न गरियो । मनराम केसी स्मृति तेक्वान्दो समाज, अखिल नेपाल तेक्वान्दो एकेडेमीमा आबद्ध अदभूत आनन्दनाथ तेक्वान्दो डोजाङ र नेपाल सितेरियो कराते डो शिवशक्ति डोजोले संयुक्तरुपमा उक्त सरसफाइ र वृक्षारोपण कार्यक्रममा आयोजना गरेका हुन् ।

नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ प्रमुख अतिथि र पैयाँटारका स्थानीय ९७ बर्षीय वृद्धा युद्धबहादुर भण्डारीको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा रातो आरुबखडा, सिप्लिकान, पिपल, हलुवावेद, अम्बा, गुलाफको फुल र असुरोलगायतको विरुवा रोपिएको थियो । सरसफाइबाट संकलन भएको ४० केजी फोहोर नगरपालिकालाई जिम्मा लगाएको कार्यक्रम संयोजक महेश केसीले जानकारी दिए ।

कार्यक्रममा बौद्ध तेक्वान्दो डोजाङ्गका खेलाडी एबम प्रशिक्षक अर्जुन खत्री, राजनीतिज्ञ भगवान थापा, राजिब थापा, कुमारबहादुर लामाको टोलीले वृक्षा रोपण गरिएका बिरुवाको सुरक्षाका लागि बनाइएको फलामको बिशेष सामग्री उपलब्ध गराएका थिए । सितेरियो करातेका प्रशिक्षक द्वय बद्री खड्का एबम रबिन थापा, निःशुल्क रुपमा संचालित मनराम केसी स्मृति तेक्वान्दो समाजका खेलाडीहरु कृतिक तामाङ्ग, सोनिया लामा, स्नेहा गिरि, जेसिका श्रेष्ठ ,आर्या तामाङ्ग साथै अनुसाशन बिभाग प्रमुख मिलन लामालगायतका कार्यक्रमममा सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा स्थानीय तह निर्वाचनको तयारी तीव्र