लकडाउन खुकुलो भएसँगै पोल्टी व्यवसाय बढ्यो

काठमाडौं । कोरोना भाइरसका कारण ठप्प भएको पोल्टी व्यवसाय लकडाउन खुकुलो भएपछि कारोबार बढेको छ । लकडाउनले कृषि क्षेत्रको सबै भन्दा ठूलो समस्या पोल्टी व्यवसायीलाई परेको थियो । शुक्रबारदेखि सरकारले लकडाउन खुकुलो पारेपछि पोल्टी व्यवसायीलाई केही राहत भएको हो ।

लकडाउन खुुकुलो भएपछि २० प्रतिशत व्यापार बढेको नेपाल पोल्टी महासंघका अध्यक्ष गुडचन्द्र विष्टले बताए । अध्यक्ष विष्टका अनुसार सम्पूर्ण पोल्टी क्षेत्रमा करिब ३० अर्बको क्षति भएको छ । लकडाउनले दैनिक पोल्टी क्षेत्रमा करिब २२ करोड नाक्सानी भएको छ । अध्यक्ष विष्टले भने, ‘एक सातादेखि पोल्टी व्यवसायमा केही सुधार आएको छ । तर, पहिलेको अवस्थामा आउने पोल्टी व्यवसायलाई करिब दुई वर्ष लाग्छ ।

लकडाउन खुुकुलो भएपछि २० प्रतिशत कुखुरा व्यवसायमा वृद्धि भएको छ भने ७० प्रतिशत ह्याचरी उद्योग सञ्चालन छन् ।

लकडाउन अहिले केही सहज भएको अध्यक्ष विष्ट बताउँछन् । उनी भन्छन्, ‘लकडाउनले पोल्टी उद्योगमा सबैभन्दा धेरै क्षति भएको छ तर राहतमा सरकारले एक प्रतिशत पनि विद्युत् महसुलमा छुट दिएको छैन ।’ विद्युत् महसुल छुटका ’boutमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कुरा गर्दा उनले १ सय ५० युनिटसम्मका लागि मात्र छुट भएको बताए । कृषिमन्त्री घनश्याम भुसालसँग कुरा राख्दा मन्त्रिपरिषद्मा कुरा राख्ने आश्वासन दिएका पनि विष्टले बताए ।

विष्टका अनुसार देशभर ठूलासाना पोल्टी उद्योगमा करिब ३० हजार व्यवसायी आबद्ध छन् । यस क्षेत्रबाट पत्यक्ष रूपमा ६ लाख रोजगारी पाएका छन् । यदि सरकारले यो क्षेत्रलाई विद्युत् महसुल, सहुलियत ऋणको व्यवस्था नगर्ने हो धेरै पोल्टी उद्योग बन्दा हुने अवस्थामा पुग्ने उनको भनाइ छ । सरकारले करिब १० वर्षसम्मका लागि सहुलियत ऋणको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलका अनुसार देशभर शुक्रबार यता ७० प्रतिशत ह्याचरी उद्योग सञ्चालन आएका छन् । सरकारले लकडाउन खुकुलो बनाउँदा ह्याचरी उद्योगीलाई केही राहत भएको उनले बताए । पोखरेलका अनुसार ह्याचरी उद्योग ३ सय २४ वटा, फिल्ड उद्योग १ सय ५, अन्डा २ हजार ५ सय र बोइलर कुखुरा उद्योग करिब २५ हजार छन् । पोखरेलले भने, ‘लकडाउनले दैनिक २१ करोड ९५ लाखको नोक्सानी हुँदैन आएको थियो । लकडाउन खुकुलो हुँदा अहिले किसान पनि खुसी छन् । बजारमा कुखुराको माग पनि आउन थालेको छ । अहिले चितवनका किसानले प्रतिकेजी २ सय रुपैयाँमा बोइलर कुखुरा बिक्री गरिरहेका छन् । यसैगरी अन्डा एक क्यारेडको २ सय ८० मा बिक्री गरेका छन् । विस्तार कुखुराको अन्डाको माग बढ्दै गएको छ ।’

पोखरेलका अनुसार सामान्य अवस्थामा देशभर दैनिक कुखुराको चल्ला ६ लाख उत्पादन हुन्छ । अन्डा दैनिक ५० लाख उत्पादन खपत हुन्छ भने मासु ९ लाख ५० हजार केजी खपत हुन्छ । होटेल रेस्टुरेन्टमा दैनिक उत्पादन मासुमध्ये २० प्रतिशत बढी खपत हुन्थ्यो । अहिले होटेल रेस्टुरेन्टमा बन्द भएपछि सबै ठप्प भएको छ । अहिले घरघरमा मात्र खपत भइरहेको छ । लकडाउनले होटेल रेस्टुरेन्टमा पोल्टी व्यवसायमा असरमा धक्का परेको उनले बताए । पहिलेको अवस्थामा आउन करिब २ वर्ष समय लाग्ने पोखरेलको भनाइ छ । यसका लागि सरकारले बैंकबाट सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने उनले बताए ।

अन्डा उत्पादन संघका अध्यक्ष शिवराम केसीका अनुसार अन्डा अहिले दैनिक २४ लाखदेखि २५ लाख अन्डा उत्पादन भइरहेका छन् । लकडाउनले होटेल रेस्टुरेन्ट बन्द हुँदा माग घटेपछि उत्पादनमा कमी आएको उनले बताए । सामान्य अवस्थामा दैनिक ३५ लाखदेखि ३६ लाखसम्म अन्डा उत्पादन हुने गरेको थियो । उनले भने, ‘लकडाउन हुँदा पनि अन्डाको अन्य क्षेत्रको जस्तो खपत कम नभएको छैन । धेरै मानिस काठमाडौंबाट गाउँ फर्किएपछि गाउँघरमै नै अन्डाको खपत बढेको छ । अन्डा क्यारेटको २ सय ८० मा विक्री भइरहेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 339 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ पालिकामा रेशम चौधरीको पार्टी, ३ मा काँग्रेस अगाडि