सोल्टिनीको गीत सत्य जुगैको सार्वजनिक

काठमाडौं । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर नेपाली चलचित्र सोल्टिनी रिलिज हुने भएको छ । रिलिजको मिति बिस्तारै नजिकिँदै गरेको भन्दै निर्माण पक्षले समबार यो चलचित्रको पहिलो गीत सत्य जुगैको…को भिडियो सार्वजनिक गरेको छ । यो गीत पूर्वेली मारुनी भाकामा तयार गरिएको छ ।

गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर रहेको छ । गायिका अस्मिता अधिकारीले आफू पूर्वको भए पनि मारुनी गीत पहिलो पटक आफूले चलचित्रमा गाउने अवसर पाएको बताएकी छिन् । गीतको शब्द र संगीत पनि प्रशान्त सिवाकोटीले नै सृजना गरेका हुन् ।

चलचित्रको यो गीतको छायांकन भोजपुरमा गरिएको छ । भिडियामा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुसँगै कलाकारहरू सुन्दर धिताल र सब्बु गुरुङले नृत्य गरेका छन् । यो चलचित्रमा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूको अभिनय रहेको छ । गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् ।

यो चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । यो चलचित्र इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायांकन गरिएको हो । चलचित्र’bout निर्देशक सुवेदीले भने,‘सोल्टिनीले नेपाली समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबिचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ ।’

चलचित्रको गीतहरूमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले संगीत, सुशन प्रजापतिको छायांकन रहेको छ । यो चलचित्रलाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका हुन् । प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनका कारण उपप्रमुखमा पनि पुरुष हावी