चलचित्र महाभोजको प्रिमियरमै नाराबाजी

पोखरा । यही ३० जेठबाट नेपालसहित विभिन्न देशमा रिलिज हुने दिनेश राउत निर्देशित नेपाली चलचित्र ‘महाभोज’को पोखरामा प्रिभ्यू प्रिमियर गरिएको छ । सोमबार साँझ चिप्लेढुंगास्थित क्यूएफएक्स ट्रेड मलमा भव्य रूपमा प्रिमियर गरिएको हो । प्रिमियरमा दर्शकले सहकारी ठगीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

प्रिमियर सोमा यो चलचित्र हेर्न कलाकारसँगै पोखराका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, केही सहकारीपीडित, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारसमेत पुगेका थिए ।

यस्तै, काठमाडौंबाट पोखरा आएका यस चलचित्रका प्रमुख कलाकार आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरियालगायत पनि प्रिमियर सोमा उपस्थित थिए ।

यस चलचित्रले सहकारी संकट तथा पीडितको कथावस्तु बोकेको छ । चलचित्रको छायांकन पोखरानजिकै घाचोकमा गत वर्ष गरिएको थियो । केही दृश्य काठमाडौंमा पनि खिचिएको थियो । यसरी पोखरा आसपास यसको छायांकन गरिएका कारण पनि पोखरामा प्रिमियर सो आयोजना गरिएको यसका निर्देशक दिनेश राउतले बताए ।

यो चलचित्र हेरिसकेपछि पोखरेली दर्शकले यसको कथा, प्रस्तुति शैली र कलाकारको अभिनयको प्रशंसा गरे । केही दर्शकमा एक प्रकारको आक्रोश उब्जियो । आफ्नै कथा व्यथा बोकेको चलचित्र भन्दै महाभोजले विगतमा नेपाली चलचित्र आगोले जस्तै विद्रोह जन्माउन सक्ने प्रतिक्रिया उनीहरूले दिए । सत्ताधारीलाई नै तलमाथि गराउन सक्ने शक्ति यस चलचित्रमा रहेको भन्दै कसैको दबाबमा दृश्य काँटछाँट भए त्यसविरुद्ध आफूहरू उभिने चेतावनीसमेत उनीहरूले दिए ।

यस चलचित्रमा गाउँपालिका अध्यक्ष भूमिकामा देखिएका आर्यनले निर्वाचन लड्न सहकारीको पैसा चलाउँछन् । उनैका कारण सबै ठगिएको कथा यसमा प्रस्तुत छ । चलचित्रको प्रिमियर सकिएलगत्तै आक्रोशित केही दर्शकले नाराबाजी गर्न थालेपछि पोखराका मेयर आचार्य कुनै प्रतिक्रिया नै नदिई त्यहाँबाट बाहिरिएका थिए ।

निर्माण पक्षका अनुसार यस चलचित्रको केही दिनअघि काठमाडौंमा पनि प्रिभ्यु प्रिमियर भएको थियो । महाभोजले सहकारीपीडितको कथालाई विस्तृतमा प्रस्तुत गरेको भन्दै दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए ।

यस चलचित्रको पोखरापछि बुटवल, विराटनगर र धरानमा पनि प्रिमियर हुने निर्माण पक्षले जनाएको छ ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा यो चलचित्र निर्माण भएको हो । हिमाल कडरिया निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता किरण नेपाली हुन् । दुई साताअघि प्रदर्शनमा आउने भनिएको यो चलचित्र राजावादीको आन्दोलनको कारण देखाउँदै निर्माण पक्षले प्रदर्शन ३० जेठसम्म धकेलेको थियो । यो चलचित्र यही शुक्रबारबाट रिलिज हुँदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौँडा १ नम्बर वडामा कांग्रेसबाट न्याैपाने विजयी