मायादेवीको लोभलाग्दो अर्गानिक तरकारी खेती

भोजपुर । भोजपुुरको टेम्केमैयुुङ गाउँपालिका ४ नागी घोरालुङ चारघरेकी उद्यमशिल एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बनेकी छिन्।

शिक्षण पेशा छाडेर विगत तीन वर्ष अघिबाट व्यावसायिक तरकारी खेतीमा लागेकी राईले दुई रोपनी क्षेत्रफलमा व्यवसायिक रुपमा तरकारी खेती गरिरहेकी छिन् । इसुक्षा पशुपञ्छी तथा मत्स्यपालन फर्म नै दर्ता गरेर व्यवसायिक तरकारी खेतीमा जुटेकी हुन् ।

उनले गाउँमा नैबन्दाकोभी, काउली, व्रो काउली,टमाटर, क्याप्सिकम, ईक्वास प्याजलगायतको व्यवसायिक खेती गर्दै आएकी छिन् । राईले गाउँघरमा पाईने गाई, भैसी, बाख्रा बंगुरलगायतको प्राङ्गारिक मलको मात्र प्रयोग गरेर अर्गानिक उत्पादन गर्दैै आएको बताइन् ।

‘ व्यावसायिक रुपमा अर्गानिक तरकारी उत्पादन गरिरहेकी छु’ उनले भनिन्,‘यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु । आफुले गरेको मेहनतले घरखर्च चलाउन समस्या छैन । तरकारी खेतीलाई थप विस्तार गरेर वार्षिक रु.चारदेखी पाँच लाखसम्म आम्दानी गर्ने सोचका साथ काम गरिरहेकी छु ।’

विगतमा शिक्षण पेसामा रहेको भएपनि त्यसलाई छाडेर व्यावसायिक रुपमा तरकारी खेतीमा लागेको उनको भनाइ छ । मेहनत गर्न सकेमा कृषि कर्मबाट पनि राम्रो आम्दानी गर्न सकिने उनले बताइन् ।

‘कृषि कर्ममा लागेर राम्रो आम्दानी गर्न सकिन्छ’उनले भनिन्,‘तर हामीले व्यवसायिक बन्न चाहि सक्नु पर्छ । मैले गाउँघरमा मागेर खाने चलनको अन्त्य गर्नको लागि व्यवसायिक बन्न छर छिमेकीलाईसमेत आवश्यक सल्लाह दिँदै आएकी छु ।’

उत्पादन भएको कृषिम उपजको बजारीकरणमा भने समस्या रहेको उनको भनाइ छ । राज्यको तर्फबाट आवश्यक सहयोगसँगै बजारीकरणमा ध्यान दिए धेरै किसानलाई राहत मिल्ने व्यवसायी राईको भनाइ छ ।

कृषिमा नै भविष्य देखेर व्यवसायिक रुपमा लागेका कृषकलाई राज्यले प्राथमिकता दिनुपर्ने उनले बताइन् । आफ्नो गाउँका ४० एकल महिला मिलेर ‘एकल महिला बहुउदेशीय शहकारी’ गठन गरेर कृषिको क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिइन् ।

टेम्केमैयुङ गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकोले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । गाउँपालिकाले यहाँको माटो सुहाउँदो बालीको विस्तारमा जोड दिएको उहाँको भनाइ छ । गाउँपालिकाको तर्फबाट विभिन्न वडाका किसानहरुलाई आवश्यक सहयोग गरिरहेको उपाध्यक्ष राईले जानकारी दिइन् ।

‘हाम्रो गाउँपालिकामा कृषि र पर्यटनको राम्रो सम्भावना छ’उपाध्यक्ष राईले भनिन्,‘गाउँपालिकाको नीति निर्माण गर्दा हामीले यी दुई विषयमा जोड दिएका छौँ । कृषकलाई व्यवसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ ।’

किसानलाई मौरीपालन, जडीबुटी खेती, सुन्तला, कागती खेतीलगायतमा व्यवसायिक बन्न वडाले आवश्यक सहयोग गरिरहेको वडा नं ४ नागीका वडाध्यक्ष हर्कराज राईले बताए ।

कृषिबाट नागरिकलाई आत्मनिर्भर बनाउने विभिन्न गतिविधि सञ्चालन गरिरहेको उनको भनाइ छ । नागी क्षेत्र मौरीपालनको लागि उपयुक्त रहेकोले मौरीपालक किसानलाई आवश्यक पोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको वडाध्यक्ष राईको भनाइ छ ।

माटो सुहाउँदो खेती प्रणालीमा जोड दिँदै किसानलाई कृषलाई उनीहरुको व्यावसायिक योजनाको गाउँपालिकाले सहयोग गर्नेे गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । टेम्केमैयुङमा कृषिको लागि धेरै उर्वरभूमि रहेको किसानलाई नगदेबालीको खेतीमा जोड दिइएको अध्यक्ष बस्नेतको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगर : मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित