कर्णालीले बनायो निराश, सुदूरको संघर्ष जारी

सुर्खेत । वीरेन्द्रनगरमा जारी १६ वर्षमुनीको टिबि स्मृति प्रथम राष्टिय क्रिकेट प्रतियोगिता अन्तर्गत नवौ दिन घरेलु टोली कर्णालीले निराश बनाउँदा सुदुरपश्चिमले प्रतियोगितामा टिक्न संघर्ष जारी राखेको छ ।

यु १६ राष्ट्रिय क्रिकेट

बुधबार कालुंगचोक मैदानमा भएको खेलमा कर्णालीले कोशीलाई ९१ रनले नतिजा सुम्पिदा वीरेन्द्रनगर मैदानमा पश्चिमेली टोलीले गण्डकीलाई ७ विकेटले हराउँदै आफ्नो संघर्ष कायमै राखेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेका प्रतियोगिताको नवौं दिन घरेलु मैदानमा टस जितेर बलिंग रोजेको कर्णालीविरुद्ध कोशीले ४४ ओभर १ बल खेल्दै १० विकेटको क्षतिपूर्तिबापत जम्मा १ सय ८२ रनको मध्यम स्कोर खडा ग¥यो । अपेक्षाअनुसार नै बलिंग गरेको कर्णालीका बलरहरुले शुरुवादेखि नै विपक्षीलाई खुलेर खेल्ने मौका दिएनन् फलस्वरुप, ओपनिंगदेखि मध्यक्रमसम्ममा ब्याटरहरु नियन्त्रित रुपमा खेले ।

कोशीका ओपनर अफ्नन ताहिरलाई बोल्ड गर्दै रोयल डक बनाएर ईनिंगको शुरुवात गरेका विजय बोहराले रविन मण्डललाई ३७ रन र विकास कामतलाई ११ रनमा बोल्ड गर्दै आफ्नो वर्चश्व देखाए । १० ओभरको बलिंगमा कोशीका शिवांश बजगाईंलाई पनि डक आउट गराउँदै शुरुवाती ३ विकेट लिएपनि ४१ डटमा ४१ रन दिएका विजयले १० वाईड र १ नोबल गरी ११ रन अतिरिक्त खर्चिए ।

ओपनरमध्येका एशिल मण्डललाई ३८ बलमा १८ रनको व्यक्तिगत स्कोर जोडेको अवस्थामा घरेलु टोलीका कप्तान विपिनप्रसाद शर्माले एलबीडब्ल्यूको धरापमा पार्दै पवेलियन फर्काए ।

प्रतियोगिताको शुरुदेखि नै निकै अनुशासित र किफायती बलिंग गर्दै आएका कप्तान विपिनले २ दशमलव ५ शून्यको औषतमा १ मेडन, ४५ डट खेल्दै २५ रन खर्चिएर १ विकेट लिए । अन्य बलरलेपनि अपेक्षाकृत राम्रै बलिंग गर्ने क्रममा एकेन्द्र बुढाले २८ रनमा ३, नवीन न्यौपानले २४ रनमा २ विकेट झार्दै आप्mनो जिम्मेवारी पुरा गरे ।

एकपछि अर्को विकेट पतन भएपछि धर्मराएको कोशीको पारीलाई सम्हाल्दै मिडल अर्डरका रविन मण्डलले ३७ तथा सातौं क्रमका सुगम बुढाथोकीले ५४ रनको अर्धशतकीय पारी खेल्दै सम्मानजनक स्कोरसम्म पु¥याए ।

यी दुईको बीचमा आएका प्लयेर अफ दि म्याच कविराज खत्रीले १८ विकास कामतले ११ रनको व्यक्तिगत स्कोर थप्दा कर्णालीले २५ रन अतिरिक्त भुक्तानी दियो ।

१ सय ८२ रनको मध्यम स्कोर पछ्याएको कर्णालीले ओपनरमध्ये कौस्तुभ खड्कालाई १२ तथा नवीन न्यौपानेलाई ४ रनमा गुमाएपछि सम्हालिने मौकै पाएन । तेश्रो क्रमका ब्याटर भूपेन्द्रजंग शाही रविन मण्डलको बलमा सुयोग भट्टराई क्याच थमाउँदै गोल्डेन डक हुँदा चौथो नम्बरका नेत्रविक्रम खत्री पनि सुुयोगकै बलमा शिवांशलाई क्याच थमाउँदै शून्यमै डगआउट फर्किए ।

कर्णालीका लागि सर्वाधिक २४ रन जोडेका रोशन शाही, १४ रन जोडेका विजय वोहोरा र नमनसिंह थापाले ११ रनको योगदान दिएपनि जीतका लागि पर्याप्त भएन । कोशीका लागि कविराज खत्रीले ४ विकेट लिंदा रविन मण्डल, सुयोग भट्टराई तथा हार्दिक गोठियाको नाममा समान दुई दुई रह्यो । उता प्रतियोगितामा टिक्न संघर्षरत सुदूरपश्चिमले वीरेन्द्रनगर मैदानमा भएको खेलमा प्रतियोगिताको कमजोर गण्डकी मानिएका गण्डकीलाई ७ विकेटले हराउँदै दोश्रो जीत पाएको छ ।

वीरेन्द्रनगर मैदानमा टस जितेर पहिला ब्याटिंग रोजेको गण्डकीले ४७ दशमलव १ ओभरमा १० विकेट गुमाई १ सय ४२ रन जोड्यो । गण्डकीका लागि करन गैरेले २७, रा्ेज श्रेष्ठले २५, अनिष श्रेष्ठ १७, शैलेश काफ्ले ११ र विनय कार्कीले १० रन जोडे भने बाँकीले त्यो अंक पूरा गर्न सकेनन् ।

सुदुरका तर्फबाट सुशिल रावलले ३ विकेट आफ्नो नाममा लेखाउँदा राहुल सावँद र हिमाल दौल्यालले समान दुई दुई विकेट हात पारे । १ सय ४३ रनको लक्ष्य भेट्याउन मैदान उत्रिएको सुदूरका लागि ओपनर विक्रम बोहराले जिम्मेवारीपूर्ण पारी खेल्दै १ सय २९ को स्ट्राईक रेटमा ४४ बल खेल्दै ५७ रनको अर्धशतकीय इनिंग पुरा गरे ।

करन गैरेको बलमा सुप्रिम सुनारलाई क्याच थमाउनुअघि विक्रमले ८ चौका र २ छक्का ठोक्दै आफ्नो जिम्मैवारी पुरा गर्दै टिमको जीतका लागि बलियो जग बसाले । तेश्रो क्रमका ब्याटर भाष्कर जोशीले नट आउट ४६रनको योगदान दिंदा आयूष चन्द ७, अविरल विक ८ र लोकेश चन्दले ५ रन जोड्दै जीत निश्चित गरेपछि अरुले ब्याटिंग गर्नुपरेन । हालसम्म एक पनि खेल जित्न नसकेको गण्डकीका लागि रिदम पाण्डे, सुशील भुषाल र सुप्रिम सुनारले समान एक एक विकेट लिए ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवतीको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको शुक्लाफांटामा प्रमुख एमाले उपप्रमुख काङ्ग्रेस निर्वाचित